२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

युनियन हाइड्रोपावरको आइपीओ साउन १४ देखि बिक्रि खुला

युनियन हाइड्रोपावरको आइपीओ साउन १४ देखि बिक्रि खुला


काठमाडौं । युनियन हाइड्रोपावरले साउन १४ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । यस आइपिओका लागि आवेदन दिने अन्तिम मिति छिटोमा साउन २८ गते र ढिलोमा साउन १२ गतेसम्म रहेको छ । न्युनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आइपिओका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

नीजि क्षेत्रको लगानीमा स्थापना भएको युनियनले ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आइपिओबाट संकलन भएको रकम बैंकको ऋण तिर्ने कम्पनीले जनाएको छ । आइपिओ निष्काशन पछि यसको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । युनियन हाइड्रोपावरले सर्वसाधारणलाई ३८.८३ प्रतिशत आइपिओ निष्काशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij