
काठमाडौं । विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ ।
शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुन ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij