
काठमाडौं । कतार एअरवेजले साताको ४ दिन स्पेनको मालागाको उडान भर्ने भएको छ । आगामी सेप्टेम्बर १६ सम्म मौसमी रुपमा कम्पनीको बोइङ ७८७ ड्रिमलाइनरले प्रतिसाता ४ उडान गर्ने भएको हो ।
उक्त जहाजमा २२ बिजनेस क्लास सिटसहित २५४ सिट छन् ।
बिहीबार स्पेनी कन्सुलर अम्बिका श्रेष्ठ र कतार एअरवेजका देशीय निर्देशक जयप्रकास नायरसँगको एक कार्यक्रमबीच यसबारे जानकारी दिइयो । गत जुन १३ कतार एअरवेजले दोहादेखि मालागा कोस्टा डेल सोल बिमानस्थलसम्मको पहिलो उडान भरेको थियो ।
मालागा कतार एअरवेजको तेस्रो स्पेनी गन्तव्य हो । हाल कतार एअरवेजले स्पेनका म्याड्रिड र बार्सिलोनाका लागि दैनिक २ उडान गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij