काठमाडौं । जलविद्युतमा लगानी गर्ने लगानीकर्ताको निकै आकर्षण देखिएको छ । ‘नेपालको पानी जनताको लगानी’ नारा सहित उर्जा मन्त्रालयले आव्हान गरे अनुसार विहिबार साँझसम्म १ अर्ब ५६ करोड ९१ लाख ३२ हजार १३६ रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।
देशको जलविद्युत् विकासका लागि शुरु गरिएको लगानी प्रतिवद्धता आव्हानमा लगातार सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको हो ।
२८ गते मात्रै २३ करोड ५६ लाख ६७ हजार ६५५ रुपैयाँको लगानी प्रतिबद्धता पेश भएको हो । मन्त्रालयका अनुसार हालसम्मको कुल व्यक्तिगत लगानी रकम १ अर्ब ५१ करोड ६९ लाख ५७ हजार १३५ रुपैयाँको प्रतिबद्धता आएको छ ।
अहिलेसम्म कूल १८ हजार २०५ जनाले व्यक्तिगत लगानीकर्ताको ५ करोड २१ लाख ७५ हजार एक रुपैयाँको लगानी प्रतिबद्धता जनाएका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij