
कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष तोरी उत्पादनमा बृद्धि हुने भएको छ ।
तोरीको फूल फुलेर फल लाग्ने मूख्य समयमा मौसम अनुकूल भएकाले यस बर्ष तोरीको उत्पादनमा दश प्रतिशतसम्मले बढ्न सक्ने जिल्ला कृषि कार्यालयको अनुमान छ ।
विगतका बर्षमा तोरीखेतीको सिजनमा बीउ, मलको अभाव हुने गरे पनि यसबर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएकाले उत्पादन बढ्ने सम्भावना देखिएको हो । २ हजार आठ सय ४५ हेक्टर जमिनमा गरिएको तोरी खेतीबाट वार्षिक दुई हजार पाँच सय ६५ मेट्रिक टन तोरी उत्पादन हुने गरेको कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत खुर्सेद अहमद खाँनले जानकारी दिए ।
जिल्लाको पूर्वोत्तर भाग मोतीपुर, कोपवा, बाणगंगा, पटना, निग्लिहवा, पश्चिमको शिवपुर, खरेन्द्रपुर, इमिलिया, बुड्डी, महाराजगंजलगायत दक्षिणी क्षेत्र बसन्तपुर, सौराहा, मर्जादपुर, बैदौलीको स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij