
काठमाडौं । मंलबार सेयर बजार परिसूचक नेप्से १०.१२ अंकले बढेर एक हजार ५२३.८६ बिन्दुमा पुगेको छ । अधिकांश समूहके परिसूचक बढेकोले सेयर बजार बढ्न गएको हो ।
मंगलबार १६३ कम्पनीको ४ हजार ९४० कारोबारबाट १० लाख २७ हजार २०४ कित्ता सेयरको खरिद बिक्री भई ५८ करोड ४६ लाख ९३ हजार ८८९ बराबर रकम परिचालन भएको छ ।
सबैभन्दा धेरै अन्य समूहको सेयर ३४.४१ अंकले बढेको छ । त्यस्तै, जलविद्युत्को ३२.५, होटल समूहको ३०.२९ अंकले बढेको छ भने बिमा कम्पनी र उत्पादनमूलक समूहको सेयर क्रमशः १४.०८ र १५.५७ अंकले घटेको छ । सोमबार सेयर बजार झिनो अंकले घटेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij