२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मेलम्चीको पानीले बिजुली निकाल्ने

मेलम्चीको पानीले बिजुली निकाल्ने

काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिने त सबैलाई थाहा भएकै कुरा हो । तर मेलम्चीको पानीबाट सुन्दरीजलमा दई सय किलोवाट बिजुली पनि निकाल्ने भएको छ ।
मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गर्ने सुरुकै डिजाइन अनुसार काम भइरहेको मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताए ।
‘मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गरेर सञ्चालन गर्ने सुरुकै योजना हो, हामी त्यही अनुसार काम गरिरहेका छौं, आफैले निकालेपछि त अरुमा भर पर्नु परेन नि ?’ श्रेष्ठले भने ।
उहाँका अनुसार दुई सय किलोवाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधारको काम मेलम्चीको सुरुङ निर्माण सँगै सकिनेछ ।
मेलम्चीको पानी सुन्दरीजल आउने दिनदेखि नै बिजुली पनि बाल्ने गरि काम भइरहेको छ । उत्पादित बिजुली मेलम्ची खानेपानीको लागि आवश्यक उपकरण सञ्चालन गर्न प्रयोग हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij