२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एनसेलले आयोजना गर्यो ‘डिजिटल ज्याम’

एनसेलले आयोजना गर्यो ‘डिजिटल ज्याम’

काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (‘एनसेल’ वा ‘कम्पनी’) ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिई बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्स्हरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहल अन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरिएको एनसेलले जनाएको छ ।
आजिआटा गु्रपको दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलो कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम हो । यसमा आजिआटा गु्रप अन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।

‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तानश्री जमालुद्दिन इब्राहिमले भने, ‘‘मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्व बजारमा डिजिटाइजेसनले जसरी गति लिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ ।’’

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घिमा लगानी गर्नेछ ।

देशको विभिन्न भागमा फोरजी तथा थ्रिजी सेवाको तिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । ‘‘डिजिटल नेपाल निर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थकरुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्घ रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझा लयमा काम गर्न आवश्यक छ । यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदान गर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफल भएको छ,’’ एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने ।

आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्त बन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकास गर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालिन लक्ष्य लिएको छ ।
डिजिटल रुपान्तरणको लक्ष्य अनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्य मोबाइल सेवा व्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफ थिङ्स् जस्ता नयाँ उद्यममा पनि आफुलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालिन विकास योजनाका लागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij