२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

तीन दिनका लागि रसुवागढी नाका बन्द

तीन दिनका लागि रसुवागढी नाका बन्द

रसुवा । तीन दिनका लागि रसुवागढी नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि औपचारिक रुपमा शिल गरिने भएपनि दिउँसो तीन बजेबाट नै नाका बन्द भएको हो ।

चुनावको समयमा ७२ घण्टा नाका बन्द गरिने भएकाले बिहीबारदेखि मंसिर १० गते आइतबार रातिसम्म नाका बन्द गरिएको हो ।

चुनावको समयमा नाकाबाट बाहिरी मान्छेको आगमन भएर सुरक्षा चुनौती थपिने भएकाले नाका बन्द गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । नाका बन्द भएपछि नेपाल आउने तयारीमा रहेका र चीन जाने तयारीमा रहेका चार सय भन्दा बढी कन्टेनर रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij