२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

शिक्षा व्यवहार परिवर्तनको निम्ति हुनुपर्छ : एन्जल हर्टसका प्रिन्सिपल पुनकाे दृष्टिकाेण

शिक्षा व्यवहार परिवर्तनको निम्ति हुनुपर्छ : एन्जल हर्टसका प्रिन्सिपल पुनकाे दृष्टिकाेण

शिक्षा जीवनलाई सकारात्मक परिवर्तन गर्ने किसिमको हुनुपर्छ । विद्यार्थीको बानी व्यवहार परिवर्तन गर्नको निम्ति शिक्षाले प्रभावकारी भूमीका निर्वाह गर्नुपर्छ । नेपालमा हामीले प्रदान गरेको शिक्षाले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ । यसैलाई नै शिक्षाको व्यावहारिक पक्षको रुपमा लिन सकिन्छ । अहिले नेपालमा जुन किसिमले शिक्षा प्रदान गर्ने प्रचलन विकास भएको छ, यस किसिमको शिक्षाले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सकेको अवस्था भने छैन ।


धन बहादुर पुन

प्रिन्सिपल, एन्जल हर्ट एकेडेमी

‘शिक्षा जीवनोपयोगि हुनुपर्छ । त्यही मान्यता बमोजिम नै हामीले शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । विद्यालय तहको शिक्षा पूरा गरेको विद्यार्थी अध्ययन सँगसँगै व्यावहारिक पनि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी सोही मान्यतामा छौं । औपचारिक शिक्षाले मात्र मानिसको जीवनमा परिवर्तन ल्याउन सकिँदैन भन्ने हामीले बुझेका छौं ।’ एन्जल हर्ट एकेडेमीका प्रिन्सिपल धन बहादुर पुन भन्छन् ।

उनले थपे, ‘एक व्यक्तिमा कुनै सीप हुने हो भने आफू सक्षम रहेको क्षेत्रबाट नै हामीले सोही क्षेत्रमा राम्रो प्रगति गर्न सकिन्छ । विश्वका अधिकांश सफल व्यक्तिहरुको इतिहास हेर्ने हो भने उनीहरु सफल कहलिएको औपचारिक शिक्षाले मात्र होइन । हरेक सफल व्यक्तिको औपचारिक शिक्षा गौण नै रहेको देखिन्छ । त्यसैकारण हरेक व्यक्तिमा कुनै न कुनै सीप हुनु जरुरी रहन्छ । त्यसै बमोजिम आफूमा भएको कुनै एक विशिष्ट क्षमता पहिल्याइ सोही क्षेत्रमा नै अघी बढ्नुपर्छ ।’

विद्यालय तहको शिक्षा कस्तो हुनुपर्छ ?

‘विद्यालय तहको शिक्षाले बालबालिकालाई फुटबल, क्रिकेट लगायतमा पनि बालबालिकालाई अघी बढ्नको निम्ति उत्प्रेरित गर्नुपर्छ । हामीले बालबालिकालाई सोही बमोजिम सबै किसिमका प्रतिभालाई फुलाउन र फक्राउन सक्ने किसिमले शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । हामी त्यही मान्यताले नै अघी बढिरहेका छौं ।’ एन्जल हर्ट एकेडेमीका प्रिन्सिपल धन बहादुर पुन बताउँछन् ।

विगत करिब १० बर्ष पहिले देखि नै शिक्षा क्षेत्रमा संलग्न रही आफ्नै नेतृत्वमा नै एन्जल हर्ट एकेडेमी शुरु गरेका धन बहादुर पुनको विद्यालयमा अहिले कक्षा ११ र १२ का शैक्षिक कार्यक्रमहरु पनि सञ्चालनमा छन् । अब छिट्टै यस विद्यालयमा स्नातक तहका शैक्षिक कार्यक्रमहरु समेत यस विद्यालयमा थपिँदैछन् । शिक्षालाई व्यावहारिक रुपमा लैजानुपर्छ भन्ने मान्यताले शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको विद्यालयले स्नातक तहका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्दैछ । आगामी ३ बर्ष पछि स्नातकोत्तरका कार्यक्रमहरु समेत यस संस्थाले सञ्चालन गर्ने योजना बनाएको छ । हाल विद्यालय तह अन्तरगत कक्षा १० सम्म करिब १२ सय विद्यार्थीहरु अध्ययन गरिरहेको यस विद्यालयमा कक्षा ११ र १२ मा करिब १ सय २० विद्यार्थीहरु अध्ययन गराउँदै आएको छ ।

राम्रो तवरले शैक्षिक कार्यक्रम सञ्चालन गरी अभिभावकको मन जित्न सकेको कारण अहिले यस विद्यालय प्रति स्थानीयहरुको विशेष चासो रहेको विद्यालयका प्रिन्सिपल पुन बताउँछन् ।

कस्तो पारिवारिक वातावरण्मा हुर्के पुन ?

म्याग्दी जिल्लामा निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मेका पुनको परिवार तथा समाजका अधिकांश लोग्ने मानिसहरु कामको निम्ति व्रिटिस आर्मी र इण्डियन आर्मीमा जाने प्रचलन थियो । सानो हुँदा विहान बेलुका बाख्रा हेर्ने, घाँस काट्ने लगायतका काममा अन्य परिवारका बालबालिकाको तुलनामा बढी खट्नुपर्ने पुनलाई अध्यननमा लाग्नको निम्ति दाईले प्रेरित गर्नुभएको हो । ऊहाँ निर प्रसाद पुन र शिक्षामा अघि बढ्नको निम्ति ठुलीआमाको छोरोले निकै सहयोग गर्नुभएको थियो ।
पोखराबाट आइएस्सी अध्ययन गरेसँगै आफैंले अध्ययन गरेको विद्यालयमा २०५६ होस्टेलको शिक्षकको रुपमा रही काम गरेका पुनले १ बर्ष सोही विद्यालयमा काम गरे । म्याग्दीको मराङमा पर्ने जनविकास मा.वि.मा उनले अध्यापन गरे । पछि काठमाडौं आए । सानो छँदा आफ्ना सबैजसो छिमेकी र आफन्तहरुले विदेशबाट आउँदा ल्याउने विभिन्न कोशेलीहरु देख्दा निकै नै लोभ लाग्ने गरेको पुन सम्झन्छन् ।
२०६४ मा पछि काठमाडौं प्रवेश गरेका पुनले गणित शिक्षकको रुपमा काम गर्ने अवसर पाए । तर उक्त समयमा पुन ३७ सय रकम तलब बुझ्ने गर्थे । तर उक्त समयमा बाफलमा निकै महँगो कोठाभाडा तिर्ने गर्थे ।
शिक्षाको क्षेत्रमा रहेर काम गर्न चाहने नयाँ व्यक्तिहरुलाई मात्र नभई अहिले पनि शिक्षाको क्षेत्रमा रहेका र काम गरिरहेका अन्य सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई पनि केही नयाँपन दिन सकिने योजनामा छन् पुन । पछिल्लो समय ५० जना विद्यार्थीहरु छनौट गरेर वि क्रिएटिभ (कारखाना) समूह उनले स्थापना गरेका छन् । यस अन्तरगत बालबालिकाले कागजबाट विभिन्न वस्तुहरु आफ्नो इच्छा अनुसार बनाउन सक्छन् । अहिले यो कार्यक्रम प्रत्येक हप्ता एक पटक आयोजना गर्ने गरिन्छ ।

चीनको भाषा पनि सिकाउँदै एन्जल हर्ट, किन छ आवश्यकता ?

नेपालको छिमेकी देश चीन समेत भएको र आगामी दिनमा चिनियाँ भाषा समेत सिक्ने हो भने यसले नेपालका विद्यार्थीहरुलाई चीनसँग जोड्न सजिलो हुन्छ भन्ने मान्यताले कक्षा ५ देखि ८ सम्म चिनियाँ भाषा समेत सिकाउनको निम्ति विद्यालयले पहल शुरु गरेको पुन बताउँछन् ।

व्यावहारिक शिक्षामा अगाडि छ एन्जल हर्ट :

विद्यार्थीलार्ई आफैं क्षमतावान् बनाउनको निम्ति विभिन्न सिपहरु सम्बन्धित वस्तुको प्रयोगबाट नै सिकाउने कार्य समेत गर्दै आएको छ । हामीले गणीत सम्बन्धी विभिन्न कार्यक्रमहरुमा पनि विद्यार्थीहरुलाई ज्ञान दिने गरेको । विद्यालयले समय समयमा बालबालिकाको क्षमता विकास हुने किसिमका कार्यक्रमहरु तथा प्रदर्शनीहरु समेत गर्दै आएको छ । यस विद्यालयले समय–समयमा सुपरलर्निङका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

नेपाल प्रतिको  दृष्टिकोण : प्राकृतिक रुपमा नै सम्पन्न छ

नेपाल आफैंमा निकै राम्रो सम्भावना बोकेको मुलुक हो । यहाँको प्राकृतिक सौन्दर्यता निकै नै मनमोहक छ । स्वच्छ र स्वस्थ छ यहाँको वातावरण । विगत २ बर्ष पहिले ३८ जना विद्यार्थीहरु लिएर भारतमा गएका पुन नेपाल त्यहाँको वातावरण र परिस्थिति देखेर निकै नै अचम्ममा परे । त्यहाँ माग्नहरुको घुईंचो, फोहोर, एकले अर्कोप्रति गर्ने व्यवहार लगायतका कुराहरुको अनुभव गरी नेपाल फर्के पश्चात् आफूलाई स्वर्गमा नै पुगेजस्तो अनुभव भएको पुन सम्झन्छन् । यसैकारण नेपाल आफैंमा निकै राम्रो र सम्भावना रहेको मुलुक रहेको बताउँदै पुन आगामी दिनमा हामीले गर्न चाहने हो भने यही देशमा नै निकै राम्रो गर्न सकिने पुनको धारणा छ ।

 

सञ्चार माध्यमले प्रभावकारी भूमीका निर्वाह गर्नुपर्छ : प्रिन्सिपल पुन

नेपालमा राम्रा राम्रा सम्भावनाहरु समेत रहेको र ती सम्भावनाहरुको खोजी गर्दै नेपालमा नै रहेर काम गर्ने वातावरण बनाउने कार्यमा नेपालमा रहेका सञ्चार माध्यमहरुले पनि प्रभावकारी भूमीका निर्वाह गर्नु जरुरी छ । सञ्चार माध्यमले समाज परिवर्तनको निम्ति अहम भूमीका निर्वाह गर्न सक्ने साथै राम्रो काम गर्ने व्यक्ति वा समूहलाई हौसला प्रदान गर्ने र त्यस्ता उद्यमशिल मानसिकताका व्यक्तिहरुलाई समाजमा चिनाउनको निम्ति समेत महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्ने भएको कारण नेपालका सञ्चार माध्यमहरुले यसमा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने पुनको सुझाव छ ।

शिक्षा संस्कार र जीवनमा सकारात्मक परिवर्तनको लागि :

शिक्षाले संस्कार र व्यवहारमा परिवर्तन ल्याउनको निम्ति विशेष प्रभावकारी भूमीका निर्वाह गर्नु जरुरी छ । तर अहिले सम्म त्यस बमोजिमका नीतिनियम समेत बन्न नसकेको कारण सोही बमोजिमका कार्यक्रम अघी बढाउन नसकेको पुन बताउँछन् । शिक्षाले संस्कार र नैतिक आचरण तथा व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ ।

पुनकाे विगत ः

काठमाडौंमा २०६४ तिर गणित विषय अध्यापन गर्ने क्रममा आफूले शिक्षण पेशाबाट प्राप्त गर्ने तलबले कोठाभाडा समेत तिर्न पुग्ने अवस्था नरहेको परिस्थितिमा आफैंले मनमैजु स्थित छन्त्याल संघ नजिकै सञ्चालनमा रहेको कालिगण्डकी बोर्डिङ स्कुलका न्यून विद्यार्थी र ललितपुरको एन्जल हर्टको नाममा दर्ता भएको स्कुलको संयोजनबाट नयाँ व्यवस्थापनमा शैक्षिक संस्था सञ्चालन गर्नुभयो ।
अहिले त्यही एन्जल हर्ट स्कुल काठमाडौंको उत्तरी भेग अन्तरगत तारकेश्वर क्षेत्रको निकै नै चर्चामा रहन सफल शैक्षिक संस्था बनेको छ । परिस्थिति कठिन रहँदारहँदै पनि शिक्षाको क्षेत्रमा नै अफ्नो जीवन अर्पण गर्ने योजना बनाएका पुनले आफूले प्रदान गर्ने शिक्षामा गुणस्तरलाई नै मुख्य सर्त बनाउँदै गए । राम्रो टिम बनाउँदै गन्दै गयो । भौतिक पूर्वाधारमा पनि त्यसै बमोजिम विकास र स्तरोन्नति गर्दै गएका पुनले विद्यालयको व्यवस्थापन लिएको १ बर्षमा नै विद्यालयले राम्रो नतिजा दिन सफल रह्यो ।

शुरुमा आफूले विद्यालयको व्यवस्थापनको जिम्मा लिँदा ५ कक्षा सम्म अध्यापन हुँदै आएको थियो । शुरुमा १ बर्ष त कालिगण्डकी विद्यालय नै चलएका पुन पछि ललितपुरको एन्जर्ल हर्टलाई काठमाडौंमा ल्याउन सफल भए । त्यससँगै कक्षा १० सम्मकै शैक्षिक कार्यक्रम एकैपटक सञ्चालन गरे । २०६४ सालमा कालिगण्डकी विद्यालयका ५२ जना विद्यार्थीहरु रहेको विद्यालयबाट शुरु गरिएको विद्यालयलाई नयाँ व्यवस्थापनको साथ अघी बढाएसँगै विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर प्रति सबैले विश्वास गर्ने वातावरण विद्यालयले दिन सफल रह्यो ।

हुनतः त्यस समयमा पनि वरपर प्रशस्तै विद्यालयहरु नभएका होइनन् । यद्यपि पातलो वस्ति भएको उक्त क्षेत्रमा विद्यालयले यसरी अभिभावकको मन जित्न सफल भयो कि विद्यालयमा दोस्रो बर्षमा भर्ना हुने विद्यार्थीको सङ्ख्या एकाएक ४ सय ३३ पुग्यो । यसले थप हौसला मिल्यो । नतिजा यसरी नै बढ्दै गयो । अर्को बर्ष त ८ सय विद्यार्थीहरु पुगे ।

पुनकाे सफलताको रहस्य ?

आफ्नो विद्यालय स्थापनाको छोटो समयमा नै यसरी एकाएक विद्यार्थी र अभिभावकहरुको आकर्षण बढ्न सक्नुको पछाडि अन्य रहस्य केही पनि थिएन । एन्जल हर्ट स्कुलको स्थापना भएपश्चात् पहिले अन्य छिमेकी विद्यालयका विद्यार्थीहरु ठूला छिमेकी स्कुलमा जाने गरेकोमा उनीहरु पनि यसै विद्यालयमा नै रोकिए ।
यद्यपि हामीले शुरुमा नै विद्यालय स्थापनाको क्रममा नै १० रोपनी क्षेत्रफलमा विद्यालय सञ्चालन गरेसँगै अभिभावकहरु यस विद्यालयमा नै भर्ना भए । अहिले सम्म आइपुग्दा यस विद्यालयमा स्विमिङ पुल, भलिवल, बास्केटवल लगायतमा पनि निकै राम्रो काम गर्दै प्रगति गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij