२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हुण्डि नियन्त्रण अावश्यक छ, तर उपयुक्त संयन्त्र भने बन्न सकेकाे छैन : ज्ञानुकृष्ण अधिकारी

हुण्डि नियन्त्रण अावश्यक छ, तर उपयुक्त संयन्त्र भने बन्न सकेकाे छैन : ज्ञानुकृष्ण अधिकारी

नेपालकाे बैंकिङ क्षेत्रमा निकै लामाे अनुभव सङ्गाल्नुभएका ज्ञानुकृष्ण अधिकारी लामाे समय नेपाल राष्ट्र बैंकमा रहेर काम गर्नुभयाे । एच एण्ड बी बैैंक समस्यामा रहेकाे समयमा नेतृत्व लिनुभर्इ सुरक्षित अवतरण गराउनुभएका अधिकारीले साेसार्इटी डेभलपमेन्ट बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा रहेर काम गर्नुभयाे । साेसार्इटी डेभलपमेन्ट बैंक र भिवाेर विकास बैंक  मर्ज भएपश्चात् कार्यवाहक प्रमुख कार्यकारी अधिकृतकाे रूपमा जिम्मेवारी लिनुभएका अधिकारी अहिले भने नयाँ क्षेत्रमा अनुभव लिने क्रममा रेमिट्यान्स कम्पनीमा अावद्द हुनुभएकाे छ । हाल अधिकारी जिएम (ग्लाेबल माउन्टेन) रेमिटमा प्रमुख कार्यकारी अधिकारी हुनुहुन्छ । हाल जिएम ग्रुप अन्तरगत जिएम टेक्नाेलाेजी समेत सञ्चालनमा छ । जिएम टेक्नाेलाेजी पब्लिक कम्पनी हाे । विश्वबजारमा विकास भएका नयाँ प्रविधिहरू विभिन्न क्षेत्रमा भित्र्याउने र नेपाललार्इ प्रविधिमा सुविधा सम्पन्न बनाउँदै अागामी दिनमा मुलुककाे विकासमा मुनाफा भन्दा सामाजिक भावलार्इ प्राथमितकतामा राखेर  काम गर्नुपर्छ भन्ने मान्यताले  जीएम रेमिट र जिएम टेक्नाेलाेजी स्थापना भएकाे अधिकारीले सेताेघरलार्इ बताउनुभएकाे छ ।

नेपालमा लामाे समय बैंकिङ क्षेत्रमा रहेर काम गर्नुभएका अधिकारीसँगकाे भेटमा लामाे अनुभव रहेकाे बैंकिङ क्षेत्र छाेडेर रेमिट्यान्सकाे क्षेत्रमा अाउनुकाे कारण तथा नेपालमा रेमिट्यान्स क्षेत्रकाे येागदान, सम्भावना, चुनाैती र समग्र तथ्याङ्क तथा अन्य विषयवस्तुहरू केही कुराहरू राखेका थियाैं । प्रस्तुत छ साेही कुराकानी ः

तपार्इंलाई त बैंकिङ क्षेत्रको विज्ञको रुपमा चिनिन्छ, लामो समय वैंकिङ क्षेत्रमा नै काम गरी विताउनुभयो तर अहिले वैंकिङ क्षेत्र छोडेर अलि फरक रेमिट्यान्सको क्षेत्रमा आउनुभएको छ । तपाईं यो क्षेत्रमा आउनुमा नयाँ क्षेत्रको माध्यमबाट  थप क्रियटिभ काम गर्ने उद्धेश्य कि परिस्थितिको बाध्यता ? केही प्रष्ट्याइदिनुहोस् न ?

धन्यवाद कमलजी, केही कुरा राख्ने मौका दिनुभएकोमा । वास्तवमा मैले बैंकिङ क्षेत्र छोडेको छैन । मलाई त झन् नजिकबाट बैंकिङ क्षेत्रको अवलोकन गर्ने मौका मिलेको छ । मैले धेरै वर्ष (३ दशक बढी) प्रत्यक्ष रुपमा आवद्ध रही बैंकिङ क्षेत्रमा काम गरें । यस क्रममा जति सक्दो बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउने पहल मबाट भयो । अब अलि फरक क्षेत्रमा काम गरौं र थप अनुभव बटुलौं भन्ने लाग्यो । त्यसैकारण म रेमिट्यान्सको क्षेत्रमा प्रवेश गरेको हुँ ।

नेपालको विकास र अर्थतन्त्रमा रेमिट्यान्स क्षेत्रको योगदान कस्तो छ ?

नेपालमा शोधनान्तर सन्तुलनमा रेमिटेन्सको योगदान निकै महत्वपूर्ण रहेको छ । नेपालका श्रमिकहरु आफनो देशमा काम गर्ने वातावरण नपाई घरपरिवार छोडेर विदेशमा श्रम बेचेर पसिना बगाएर कमाएको  सम्पूर्ण रकम देशले प्राप्त गर्न सकेको छैन । एकातिर आफ्ना देशका नागरिकहरुलाई आफ्नै देशमा काम गर्ने वातावरण छैन भने अर्कोतर्फ नागारिकले श्रम बेचेर कमाएको रकम समेत राष्ट्रले उपभोग गर्न पाएको छैन । यस्तो अवस्थामा सबै नागरिकले आफ्नै देशमा काम गर्न सकेका भए देशले अझ केही पाउने थियो र थप प्रगतिपथमा अघी बढ्ने थियो होला । तथापि वाध्यताको उपजको रुपमा नागरिकहरु विदेश गइ कमाएको रकमले देश चलेको छ । फेरी आधिकारिक च्यानलबाट मात्रै भन्दा पनि कैयौं गुना बढी रकम हुण्डी जस्ता अवैध च्यानलवाट भित्रिने गरेको छ । यस्तो अवस्थामा थोरै नै भएपनि त्यस्तो रेमिट्यान्स रकमलाई आधिकारिक बैंकिङ च्यानलबाट नै नेपालमा प्रवेश गराउन के–कसरी काम गर्न सकिन्छ भन्ने लागेको हुनाले यो क्षेत्रमा काम गर्न इच्छा जागेको हो । मैले बैंकिङ क्षेत्रमा काम गर्दा पनि सैद्धान्तिक रुपमा यो क्षेत्रलाई नजिकबाट अवलोकन तथा अध्ययन गरि नै रहेको थिएँ । 

नेपालमा रेमिट्यान्स कसरी शुरुवात भएको हो ? अहिले कुन अवस्थामा छ ? सबै मानिसले बुझ्ने गरी परिभाषित गराइदिनुहोस् न ।

सामान्य रुपमा बुझ्नुपर्दा कुनै देशका बासिन्दाले अन्य देशहरुमा श्रम गरी आफ्नो देशमा पठाएको आम्दानी वा श्रोतलाई नै रेमिटेन्स भन्ने गरिन्छ । यस्तो आम्दानी नगद वा वस्तु दुवै हुन सक्दछ । तर सामान्यतः नगदी आम्दानीलाई विप्रेषणको रुपमा लिइएको छ ।

रेमिट्यान्सको अर्थतन्त्रमा योगदान :

सन् २०१२ मा नेपालको GDP मा रेमिट्यान्सको योगदान २५ प्रतिशत रहेको थियो भने विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा यस क्षेत्रको GDP मा भएको योगदान रकमको आधारमा क्रमशः बढेपनि GDP कै अनुपातमा वृद्धि भई लगभग योगदानको प्रतिशत स्थिर अवस्थामा रहेको देखिन्छ । नेपाल एक विकाससिल राष्ट्र हो । विकाससिल राष्ट्रबाट विकसित राष्ट्रमा काम गर्न जानुलाई स्वभाविक प्रकृयाको रुपमा नै लिने गरिन्छ ।

विप्रेषणको प्रचलन

खासमा नेपालीहरु विदेशमा काम गर्न गई कहिलेबाट रेमिट्यान्स भित्रन शुरु भएको हो भन्ने आधिकारिक तथ्याङ्क नै नभएपनि सन् १९५० को सन्धि ताका नेपालका नागरिकहरु भारत र व्रिटिस आर्मीमा भर्ति भई जागिर खान थालेका पाइन्छन् । त्यससँगै नेपालमा रेमिटेन्स भित्रिने प्रचलन शुरु भएको अनुमान गर्न सकिन्छ । त्यहीं देखि नै नेपाली नागरिकहरु विदेशमा काम गर्न जाने क्रम शुरु भइ नेपालमा रेमिटेन्स भित्रन थालेको मानिएको छ ।  हाल सम्मको अवस्थामा रेमिटेन्स भित्रदा भएका उतार चढावहरु के कस्तो रहयो ?कुनै–कुनै समयमा नेपाली नागरिकहरुको असुरक्षाको कारणले यस क्षेत्रमा हुने गरेका केही दुखद घटना बाहेक अन्य रेमिट्यान्सको क्षेत्रमा त्यस्तो ठूलो    उतारचढाव भएको जस्तो मलाई लाग्दैन ।

नेपालमा रेमिट्यान्स कम्पनिहरुको योगदानको विश्लेषण कसरी गर्न सकिन्छ ?  रेमिट्यान्सको मोटामोटी तथ्याङ्क के छ ?

एक वर्ष भन्दा वढी समय सम्म देश भन्दा वाहिर बसेर श्रमिकहरुले काम गरे बापत पठाएको रकम, (जुन श्रमिकहरुलाई गैर वासिन्दा पनि भनिन्छ) विप्रेषण Work remittance लाई चालु खाताको आन्तरिक ट्रान्सफर शीर्षकमा राखिएको हुन्छ । एक वर्ष भन्दा कम समयमा देश वाहिर रहेर श्रमिकहरुले प्राप्त गर्ने ज्याला, तलव र अन्य सुविधाहरुलाई चालु खाताको आयको प्राप्ती शीर्षक अन्तरगत देखाइएको हुन्छ । पूँजी खातामा पूँजी स्थानान्तरण अन्तरगत आएको रकम देखाइएको हुन्छ ।      नेपालको कुल गार्हस्थ आकार वा जिडिपि भ्यालु विश्वको तुलनामा जम्मा ०.०३ प्रतिशत मात्रै हो । यसै क्रममा यदि जिडिपिमा नेपालको संरचना पोर्टफोलियो हेर्दा Work remittance  को चालु खाता हेर्ने हो भने   विगत तिन वर्षमा खासै ठूलो परिवर्तन भने देखिंदैन । अनुपात स्थिर नै रहेपनि परिमाण भने बढेको देखिन्छ । अन्तिम तीन वर्षमा यो शीर्षक अध्ययन गर्दा २०१४-१५ मा ६१७ अर्ब, २०१५-१६ मा ६६५ अर्व र २०१६-१७ मा ६९५ अर्ब बैंकिङ च्यानल मार्फत रेमिट्यान्स भित्रिएको देखिन्छ । नेपालीहरुले एक वर्ष भन्दा न्यून समय बसी आयआर्जन गरेको रकम त छुट्टै छँदैछ । देशको कुल ग्राहस्थ उत्पादनमा विश्वकै तेश्रो राष्ट्रमा पर्ने नेपालको विगत तीन वर्षको तथ्यांङ्क हेर्दा करिब २५ देखि २९ प्रतिशतको हाराहारीमा कुल गार्हस्थ उत्पादनमा योगदान पुर्याएको देखिन्छ । यसरी कुलमा अहिले पनि GDP को अनुपात स्थिर जस्तै रहेपनि रेमिटेन्सको आकारमा भने वृद्धि भईरहेको नै देखिन्छ । २०६८-६९ मा देशले कुल करिव ३६० विलियन रेमिटेन्स भित्र्याएको थियो भने त्यती खेर जिडिपि १.५३ ट्रिलियन थियो । त्यसरी नै २०६९-७० मा ४३४ विलियन रेमिटेन्स नेपाल आएको देखिन्छ । जुन आकार वृद्धि सँगै जिडिपिमा पनि स्थिर अनुपातमा नै योगदान पुर्याएको छ । नेपाल सरकारले पनि विश्वका १०९ देशहरुमा श्रमिक जान खुला गरेको छ । त्यसमा पनि भारत प्रमुख हिस्सा राख्ने देश हो । त्यसरी नै मुख्यतया मध्यपूर्वी देशहरु जस्तै कतार, दुवई जस्ता खाडी मुलुकहरुको अलावा मलेशिया, साउथ कोरिया, इजरायल, जापान, अमेरिका, यूरोप जस्ता देशहरु नेपाली श्रमिकहरुको गन्तव्य देशहरु रहेको देखिन्छ । 

विभिन्न मुलुकका कुना कुनावाट रकम संकलन गर्ने क्रममा कुन–कुन निकायसँगको समन्वयमा रकम संकलनको काम हुँदै आएको छ ?

नेपालमा रेमिट्यान्स भित्रने मुख्य देशहरुमा त भारत, मध्यपूर्वी देशहरु जस्तै कतार, दुवई, यु.ए.इ, साउदी अरेविया जस्ता खाडी राष्ट्रहरु, मलेशिया, अष्ट्रेलिया, हङकङ, यूरोपियन राष्ट्रहरु, अमेरिका, जापान हरु नै हुन् । हाम्रो यस जिएम रेमिट कम्पनिले पनि भारत स्थित केही प्रिन्सिपल एजेण्ट तथा निकाय र अमेरिका स्थित दुइवटा विप्रेषक एजेण्टहरु सँग समन्वय तथा सम्झौता गरिसकेको छ भने अन्य खाडी राष्ट्र लगायतका अन्य राष्ट्रहरुमा पनि सम्बन्धित एजेण्ट व्यक्तिहरुसंग कुरा भइरहेको छ ।

अहिले पनि हुण्डीको माध्यमवाट समेत नेपालमा रकम भित्रने काम हुँदै आएको छ । यो अवस्था किन रह्यो र यसलाई कमी गर्न के गर्नुपर्छ ?

वास्तवमा यो क्षेत्रमा नियन्त्रण र सन्तुलनको नीति लागु भए जस्तो मलाई लाग्दैन । अझै पनि अनौपचारिक च्यानलबाट विदेशी मुद्रा अपचलन भएको नै छ । हुण्डीबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिर नै बस्दा देशलाई प्राप्त हुने विदेशी मुद्रा प्राप्त हुन सकेको छैन । यसलाई नियन्त्रण गर्नु आवश्यक छ तर नियन्त्रण प्रभावकारी छ जस्तो लाग्दैन । यस विषयमा सम्बन्धित निकायले विशेष चासो राख्नु पर्ने देखिन्छ ।

नीतिगत कमजोरीहरु पनि छन् कि ? सुधारको लागि के गर्नु आवश्यक देख्नुहुन्छ ?

केही नीतिगत कमजोरीको कारणले नै यो अवस्था आएको हो । नीतिगत व्यवस्थामा भएका कमजोरीहरुलाई सुधार्दै जानुपर्छ । यस सम्बन्धमा भएका नीतिहरुबारे श्रमिकहरुलाई सहज जानकारी हुनुपर्दछ, ग्रामीण क्षेत्रका वैंक तथा वित्तीय संस्थाहरु स्थापना गर्ने वातावरण वनाउनुपर्दछ, कारोवारमा सहुलियत हुने उपायहरु अबलम्बन गर्ने नीति हुनुपर्दछ, सवै बैंक तथा वित्तीय संस्थाहरुले कारोवार गर्न पाउने वातावरण बनाइदिनुपर्दछ, अनिवार्य भन्दा पनि प्रोत्साहन स्वरुप बैंकिंग च्यानल प्रयोग गर्ने परिपाटी बसाल्ने वातावरण बनाउनु पर्दछ, विदेशी मुद्रामा खाता खोल्न दिने र उच्च व्याज प्रदान गर्ने नीति अपनाउनु पर्दछ र त्यस्ता देशहरुमा स्वदेशी बैंकहरुको शाखा खोल्न आवश्यक रणनीति अपनाउनु पर्दछ र हुण्डी कारोवार रोक्न प्रभावकारी नियम ल्याउने जस्ता उपाय अपनाउन पनि सकिन्छ र त्यस्ता कारोवारी पत्ता लगाई कडा सजायको व्यवस्था गर्नु पनि आवश्यक छ ।

नेपालका यूवालाई नेपालमा नै उद्यमशील बनाउने प्रोत्साहनमुलक योजनामा लाग्नु पर्ने बारेमा तपाईको धारणा के छ ?

धेरै राम्रो प्रश्न सोध्नुभयो । साँच्चि भन्नुपर्दा देशका नागरिकहरुले आफ्नै देशमा श्रम गरेर जीवीकोपार्जनको निम्ति आवश्यक कमाई गर्न सकेको भए देशले आर्थिक गतिविधिको वृद्धि भई समग्र राष्ट्र निर्माणमा सहयोग पुग्ने थियो । हामी हाम्रा नागरिकहरु विदेशमा गई श्रम बेचेर कमाएको रकममा हामी खुसी भएका छौँ तर त्यही श्रम आफ्नै देशमा सिञ्चित गर्न सकेको भए देशले पनि विकास पाउँथ्यो भने रोजगारी पनि बढ्थ्यो । देशले नै कमाई गर्थ्याे । 

नेपालमा सम्भावना हुँदाहुँदै पनि मानिसहरु विदेशिनुपरेको छ ? तपाईंले के–कस्ता बाध्यताहरु देख्नुहुन्छ, नेपालीहरु रोजगारीको लागि विदेशिनुमा ?

रेमिट्यान्समा हामीले कहिले सम्म गर्व गरेर बस्ने ? यो ज्यादै नै महत्वपूर्ण प्रश्न छ । रेमिट्यान्सवाट धानिने मुलुक भनेर गर्व गर्नु पर्दैन किनकि देशमा विद्यमान वेरोजगारी, राजनैतिक अस्थिरता, सामाजिक असुरक्षा, न्यून प्रतिव्यक्ति आय अर्थात कमजोर आर्थिक स्तर, दैवि प्रकोप, द्वन्द जस्ता विविध कारणहरुले देशका श्रमिकहरु अर्को देशमा काम खोज्न जानु बाध्यता समेत रहेको हुन्छ । जसलाई हामी Push factor भन्छौं । यस बाहेक त्यस्ता देशहरु जहाँ श्रमिकहरु आफ्नो देशबाट पलायन भई कामको खोजिमा गएका हुन्छन्, त्यस्तो देशको रोजगारी अवस्था, काम गर्ने वातावरण, जीवन स्तरमा अत्याधिक सुुधार, उच्च श्रमिक ज्याला दर, सामाजिक सुरक्षा आदि कारणहरुबाट पनि गरीब देशका श्रमिकहरुलाई आकर्षण गरेको हुन्छ र जसलाई हामी Pull factor भन्ने गर्छौं । हाल सम्मको अवस्था हेर्दा शुरुमा सुुषुप्त अवस्थामा रहेको यो श्रमिक पलायन द्वन्द पछि ह्वात्तै बढेको देखिन्छ भने हाल केही स्थिरता रहेको देखिन्छ ।

विप्रेषणले व्यक्ति समाज र राष्ट्रमा पार्ने सकारात्मक प्रभावबारे पनि केही बताईदिनुहुन्छ कि ?

रेमिट्यान्स अर्थात विप्रेषण बापत प्राप्त आयले व्यक्ति, घरपरिवार तथा समाजको आर्थिक जीवनस्तरमा सुधार ल्याउँछ । गास, वास र कपास जस्ता आधारभूत आवश्यकता पूरा गर्नमा विप्रेषणको महत्वपूर्ण भूमीका छ । विप्रेषणकै कारण ग्रामीण क्षेत्रका कमजोर आर्थिक हैसियतका परिवारका बालबच्चाहरुले उचित शिक्षा प्राप्त गर्न सकेकाछन् । सामाजिक अवस्थामा सुधार ल्याएको छ । स्वास्थ्य क्षेत्रमा पनि सुधार भएको छ । नागरिक स्वस्थ भएमात्र समग्रमा सबै क्षेत्रमा सुधार आउन सक्छ । व्यक्ति तथा समाजको आर्थिक जीवनस्तर सुधार भई उपभोग्य वस्तुको उपभोगमा वृद्धि हुन्छ । वस्तु तथा सेवाको विक्री वितरणमा दवाब परी उत्पादनमा वृद्धि हुन्छ र उद्योग, व्यवसाय, व्यापार आदि  क्षेत्रमा थप वृद्धि हुनुको साथै रोजगारका अवसर सृजनाको निम्ति उपयुक्त वातावरण तयार हुन्छ । यसबाट मानिसको आयस्तर पुःन वढ्न गई देशमा समग्र आर्थिक वृद्धि हुन जान्छ । अर्थात अर्थतन्त्रमा सकारात्मक प्रभाव परी सुधार देखिन्छ ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा विप्रेषणको बढ्दो कारोबारलाई कसरी लिन सकिन्छ ?

हाम्रो जस्तो विकासोन्मुख राष्ट्र, जहाँ अन्य स्रोतसाधनलाई भरीपूर्ण रुपमा परिचालन गरिएको हुँदैन र आयको क्षेत्र पनि साँघुरो भएको हुन्छ, त्यस्तो देशको लागि त रेमिट्यान्स बाध्यताको उपज समेत हुन आएको छ । त्यस्तो देशको लागि आफनो देशको श्रम अन्य देशमा विक्री गरी विदेशी मुद्रा आर्जनबाट विदेशी मुद्राको सञ्चिती वढ्दछ । जसमा उक्त सञ्चितीलाई साधनको रुपमा प्रयोग गर्दै विकास निर्माणमा समेत प्रयोग गर्न सकिन्छ । हाम्रो देशको आयात निर्यात अर्थात व्यापार घाटामा चल्ने मुलुकको लागि जे–जसरी पनि विदेशी मुद्रा आर्जन गर्नुपर्ने बाध्यता रहेको छ । विप्रेषणबाट नै वाह्य क्षेत्रको स्थायित्व प्राप्त गर्न सकिन्छ । हाम्रो जस्तो देशमा जहाँँ टेक्नोलोजीको विकास भएको छैन र आर्थिक पूर्वाधारको विकास छैन, त्यस्तो देशले स्वदेशमा रोजगार सृजना गरी आय सृजना गर्न निकै कठिन छ । त्यस्तो समय सम्म श्रम खेर फाल्ने कुरा पनि भएन र उचित पनि हुँदैन । साथै देशको शोधनान्तर सन्तुलनमा राख्नको लागि प्रमुख भूमिका हालको अवस्थामा यस रेमिटेन्सले नै ओगटेको छ । यसले आयात गर्न सक्ने क्षमता अभिवृद्धि गर्दछ भने वैदेशिक ऋण भुक्तानी गर्न, देशमा पूँजी निर्माण गरी लगानीको वातावरण बनाई कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन सहयोग पु¥याउँछ । वैंक तथा वित्तीय संस्थाहरुको वृद्धि हुने र मुनाफामा समेत वृद्धि भई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध सुधार गर्नुको अलावा आधुनिक प्रविधि भित्र्याउन समेत मद्दत मिल्नेछ ।

रेमिट्यान्सको क्रममा प्रयोग गरिने आधिकारिक माध्यम भनेको के हो ? अवैधानकि तवरले रकम पठाउने काम चाहिँ कसरी हुन्छ नि ?

विदेशमा रहेका नागरिकले आफुले कमाएका रकम वैंकिङ वा आधिकारिक मुद्रा स्थानान्तरण गरी वढाउँदछन् भने त्यसलाई आधिकारिक स्रोतको रुपमा लिइन्छ  र यो शोधनान्तर तथ्याङ्कमा पनि देखिन्छ  । तर त्यस्तो आम्दानी रकम शोधनान्तरमा देखिएको वास्तविक विप्रेषण रकम भन्दा ज्यादै न्यून हुन सक्छ । अहिले पनि त्यस्तै अवस्था छ । यो भन्दा धेरै गुना वढी रकम अनाधिकार च्यानलवाट नै आदानप्रदान भएको हुन्छ । विदेशमा रहेका नागरिकहरुको सम्भावित वचतबाट देशमा प्राप्ति भएको विप्रेषण रकम घटायो भने यो अनुमानित रकम प्राप्त गर्न सकिन्छ ।
विदेशमा रहेका नागरिकहरु आफैं फर्कदा नगद वा जिन्सी आफैं बोकेर पनि फर्कन्छन् वा नातेदार मार्फत पनि रकम पठाएका हुन्छन् तर केही समय पछि बैंकिङ कारोवार गरेमा भने विप्रेषण देखिन्छ तर सामान र गरगहनाको रुपमा प्रवेश भएको रकम भने देखिंदैन, जुन शोधनान्तर तथ्याङ्कमा समेटिंदैन । त्यसरी नै विदेशमा बसेका आफ्नो देशका नागरिकले अनौपचारिक माध्यम (जस्तै हुन्डी) बाट ठूलो मात्रामा रकम पठाउने गरेका हुन्छन् तर विदेशी मुद्रा भने भित्रिएको हुँदैन  । यो हुण्डी प्रथा अत्याधिक कारोवारलाई सोझै विदेशी मुद्रामा ठगी गरेको मानिन्छ ।

अनौपचारिक च्यानलबाट रकम पठाउँदा आउन सक्ने प्रभाव चाहिँ के–के हुन सक्छन् ? किन रकम औपचारिक च्यानलबाटै पठाउनेमा जागरुक हुन सकेका छैनन् ?

अनौपचारिक च्यानलबाट हुने विदेशी मुद्राको कारोवारले गर्दा नै बेला–बेलामा सुन, विदेशी मुद्रा लगायत तस्करी भएको देखिन्छ । त्यसरी नै आफ्नो कमाई विदेशमा नै खाता खोलेर जम्मा गर्ने नागरिकहरु प्नि प्रशस्तै छन् । खास गरेर शिक्षित वर्ग र उच्च जीवनस्तरका व्यक्तिहरुले आफू बसाई सर्न वा बाल–बच्चा विदेशमा पढाउन पनि विदेशी मुद्रा नेपालमा नपठाई विदेशमा नै खाता खोली जम्मा गरेका हुन्छन् । अर्कोतर्फ गरीब देशबाट जाने श्रमिकहरुको ज्यालादर न्यून हुने, थोरै रकम बंैकबाट पठाउँदा कमिसन धेरै लाग्ने जस्ता समस्याले पनि आधिकारिक च्यानलवाट रेमिटेन्स भित्रिन कठिनाई भएको छ । विश्व बैंकको तथ्याङ्कले पनि ९ प्रतिशत रकम त कारोवार खर्च नै हुने जनाएको छ । 

तपाईंहरुले सञ्चालन गर्नुभएको जिएम रेमिट र जिएम टेक्नोलोजी लिमिटेडको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न ?

जिएम रेमिट र जिएम टेक्नोलोजी लिमिटेड कम्पनि २०७१ सालमा दर्ता भएका नयाँ कम्पनी हुन् । कम्पनि दर्ता हुनासाथ देशमा कहिले भूकम्प त कहिले तराई बन्द जस्ता अप्ठयाराहरुले गर्दा संचालन गर्न केही कठिनाई भएतापनि हाल यो संस्थाले प्रगतिको बाटो समातिसकेको छ । बैंकहरुसँग सम्झौता गर्ने कार्य भइरहेको छ भने विदेश स्थित एजेण्टहरुसँग पनि समन्वय भइरहेको छ ।      जिएम टेक्नोलोजी लिमिटेड आफैंमा लिमिटेडि कम्पनि हो । यसले राष्ट्रिय स्तरमा विकसित देशको जस्तै स्वास्थ्य, शिक्षा, यातायात, कृषि, श्रम, भ्रष्टाचार नियन्त्रण जस्ता क्षेत्रमा टेक्नोलोजि भित्र्याई उच्च स्तरको संयन्त्रमा पहुँच पुर्याउने, अवगत गराउने र देशलाई समुन्नत र प्रविधिमय बनाउने साथै देशको आधुनिक प्रविधिको विकासमा सरिक हुने सेवामुलक कार्य समेत गर्ने उद्धेश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij