२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सिभिल बैंकका म्यानेजर विनय रिजालकाे बैंकिङ अनुभव

सिभिल बैंकका म्यानेजर विनय रिजालकाे बैंकिङ अनुभव

बिनय रिजाल ब्रान्च म्यानेजर (मुख्य शाखा) सिभिल बैंक लिमिटेड

 

 

हाल सिभिल बैंकमा ब्रान्च म्यानेजरको रुपमा संलग्न बिनय रिजाल २० बर्ष देखि बैंकिङ क्षेत्रमा संलग्न रहँदै आएका छन् । काठमाडौंको जैसीदेवलमा आमा बिना रिजाल र बुबा बटुराम रिजालबाट जन्मिएका रिजालले MBA को अध्ययन भारतको PUNE University बाट पूरा गरेका हुन् । तत्पश्चात उनले Surya Tobacoo Company of Nepal df Brand Officer को रुपमा काम गर्दै थिए । सोही समयमा नेपाल बङ्गलादेश बैंकले Management Traine को माग गरेको थियो । घरबाट सबैको सल्लाह अनुसार र आफ्नो इच्छाले इ.सं. १९९७ को सेप्टेम्बरमा बैंकिङ क्षेत्रमा प्रवेश गरे ।

बैंककाे क्षेत्रमा रिजालकाे पारिवारिक पृष्ठभूमी :
रिजाल भन्छन्, Born you to be a Banker। अवश्य पनि होला किनकी मेरो जन्म हुदाँ मेरो पिताश्री नेपाल राष्ट्र बैंक थापाथलीमा कार्यरत हुनुहुन्थ्यो ।  हाम्रो परिवारमा ३ पुस्ताले यो क्षेत्रमा कार्य गरेको छ । हिजा को बैंकिङ्ग भन्दा आज धेरै नै कठिन छ । तरपनि अव आउने पिंंडी पनि यसमा संलग्न हुने क्रममा नै छन् । त्यसैले म यसलाई सकारात्मक देख्दछु । यो क्षेत्र अति संवेदनशिल, बौद्धिक र देश विकासका लागि केही गर्न सकिने क्षेत्र हो जस्तो मलाई लाग्छ ।

बैंकिङ क्षेत्रको अबको बजारबारे यसो भन्छन् रिजाल :

नेपालको बैंकिङ अब विश्व मापदण्ड अनुरुप अघी बढ्नुपर्छ । छिमेकी मुलुक भारत र चीनमा यस क्षेत्रले गरेको योगदान र विश्व मानसपटमा यस क्षेत्रले अंगिकार गरेका सबै खाले राम्रा पक्षहरुलाई नीतिगत रुपमा ल्याउनुपर्छ । अब देशको पूर्वाधार विकास देखि देशमा भएका अन्य सेवालाई अझ बढि फैलाउनुपर्छ । IT मद्दतबाट व्यक्ति व्यक्तिमा सेवा पुर्याउन सकिन्छ । जसले गर्दा यसको सहि उपयोग हुन्छ । मित्रराष्ट्र भारतमा भर्खर भएका बैंकिङ्ग Revolution / Progress लाई ध्यानमा राखी हामी अघी बढ्नु जरुरी छ । अब नेपाली बैंकङ्गिका दुई स्पष्ट धारण आउन जरुरी छ । पहिलो Electronic बैंकिङ्ग हो भने दोस्रो Educational बैंकिङ्ग हो । जुन क्रमश सहरमुखि र ग्रामीणमुखी हुन्छन् ।

बैंकिङ क्षेत्रमा मेरो प्रवेश :

मेरो जन्म हुनु भन्दा पहिले नै पिताश्री नेपाल राष्ट्र बैंकमा कार्यरत हुनुहुन्थ्यो ।  मेरो बाल्यकालमा देखे भोगेका सम्ंझनाले मलाई बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्ने मनसाय गरायो । यसको अलावा ऊहाँले बेला–बेलामा सुनाउनु भएको वास्तविकता र देशमा बैंकहरुको आवश्यकताले मलाई यस क्षेत्रमा प्रवेश गर्न निश्चित बनायो । त्यस पछि एम.बि.ए. अध्ययनको सिलसिलामा मैले हालको नबिल बैंकमा इन्टर्नशिप गर्ने मौका पाएको थिएँ । त्यहाँ कार्यरत अनिल खनाल ज्यूको कार्यशैली, कार्य व्यवस्तता र ऊहाँको बैंकिङ्ग दखलताले मलाई बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्न झनै प्रेरित गरेको हो ।

मेरो बाल्यकाल :

मेरो वाल्यकाल साधारण नै थियो । मध्यम वर्गीय परिवारमा हुर्किएकोले हाम्रो लक्ष्य सधैं अध्ययनमा नै हुन्थ्यो । तर म अलिक फरक थिएँ । फुटवल र टेवलटेनिस खेल्ने मेरा अधिक साथीभाई थिए भने मेरो विशेष दखल गीत गाउने, कविता सुनाउने, स–साना कथा भन्नेमा समेत भएको कारण म स्कूलमा बढि चर्चित थिएँ । बदमासी त बाल्यकालमा नै त गरिन्छ, यसको साथै साथीभाईसँग स्कूल छोडेर घुम्न जाने, फिल्म हेर्न जाने र रमाइलो गर्ने पनि गरिन्थ्यो । जव परिक्षा आउँथ्यो तब मात्र पढाई तिर ध्यान दिन्थें । आमाको हातबाट मायाको कुटाई अलिक धेरै नै खाइन्थ्यो । त्यसैले पनि मेरो स्कूल पछिको अध्ययन भारतमा नै भएको हो ।

बैंकिङ क्षेत्रलाई नै रोज्नुको कारणः

म बैंकिङ क्षेत्रमा प्रवेशको क्रममा  त्यस समयका नयाँ बैंक र हामी भन्दा पहिले स्थापित भएका स्वदेशी तथा विदेशी बैंकहरुको योगदान र औद्योगिक र कृषि तथा उत्पादनमूलक व्यवसायहरुमा बैंकिङ्ग क्षेत्रको प्रयासले मलाई यसबारे अझ बढी चिन्ने अवसर भयो । देशको सम्पत्ति–दायित्वको भार, ब्यालेन्स अफ पेमेन्ट, आयात, निर्यात र बैंकसँग सम्बन्ध भएका सवै खाले व्यवसाय तथा ठूलो देखि सानो सम्मको संग्लग्नताले मलाई यस क्षेत्रको अध्ययन तथा चर्चा, पत्रपत्रिका र प्रशिक्षणमूलक कार्यहरुमा भएको संग्लग्नताले अझ बढी परिचित गरायो । अनि विस्तारै म आफैं पनि प्रत्यक्ष रुपमा संलग्न भई ई.सं. १९९८ देखि शाखा कार्यालय प्रमुखको हैसियतले काम गर्न पाउँदा अझ बढि चिन्ने अवसर पाएको हुँ ।

सिभिल बैंकमा प्रवेश गर्नु पहिले :

म सिभिल बैंक प्रवेश गर्नु भन्दा पहिले नेपाल वङ्गलादेश बैंक मा कार्यरत थिएँ । त्यहाँ म शाखा प्रमुख र विभाग प्रमुखको रुपमा कार्यरत थिएँ । मेरो जनकपुर, विरगञ्ज, विराटनगर, हेटाैंडा र काठमाडौंमा रहि कार्य गर्दाको अनुभवमा बैंकिङ्ग क्षेत्र यति फराकिलो थियो जस्तो लाग्दैन । त्यस बखतको बैंकिङ्ग प्रणाली आज भन्दा सरल जस्तो लाग्छ । त्यस बेलामा नेपालमा खुलेका बैंकका शाखाहरु कम र व्यावसायिक क्षेत्रमा सीमित रहेकोले, प्रतिष्ठा धेरै तर योगदान कम थियो कि जस्तो पनि लाग्छ ।

 बैंकिङ सुविधा विस्तार : चुनौतीपूर्ण

कार्य आजको अवस्थामा बैंकिङ्ग प्रणाली हरेक व्यक्ति सम्म पुर्याउने र हरेक कुना–कुनामा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यका कारण साह्रै नै कठिन जिम्मेवारी पूरा गर्दै अघी बढेको छ । साथै निकै प्रतिस्प्रधात्मक समेत छ । यस्तो अवस्थामा सिभिल बैंकको मुख्य शाखाको प्रमुखको रुपमा काम गर्न पाँउदा सारै हर्ष लागेको छ । व्यवस्थापन पक्षद्वारा यस कार्यको लागि मलाई दिनु भएको अवसर र जिम्मेवारीको लागि म धन्यवाद दिन चाहन्छु । आजको दिनमा शाखा प्रमुख भएर काम गर्नु निकै चुनौतीपूर्ण छ, किनभने ग्राहकको सेवा देखी समस्या सम्म सुनेर, त्यसको  माग अनुरुपका सेवासुविधाहरु परिपुर्ति गर्न गाह्रो छ । पहिले जस्तो साधारण सुविधाले आज ग्राहकहरुले चित्त वुझाउने अवस्था छैन । त्यसैले हरेक क्षण ग्राहकहरुका लागि तत्पर रहनुपर्ने अवस्था छ । तर पनि म खुसी छु, किनकि हामीले दिने सेवा, सुविधा सामिप्यता र आत्मियता धेरै बैंकहरुले दिन सकेका छैनन् ।

सिभिल बैंकको लगानी :

 सिभिल बैंक “क” वर्गको वाणिज्य बैंक हो । यसले अन्य बैंकले जस्तै सबैजसो क्षेत्रमा लगानी गरेको छ । माइक्रो फाइनान्स देखि कर्पोरेट सेक्टर  सम्म यस बैंकले लगानी गरेको छ । विभिन्न बैंकहरुको सामिप्यता सँग Consortium financing गरेको छ भने नेतृत्वदायी बैंकको रुपमा पनि यसले आफ्नो लगानी विस्तार गरेको छ । जलविद्युत र उत्पादनमूलक क्षेत्र देखि कृषि र स–साना व्यवसायमा संलग्न व्यक्तिहरुका लागि पनि यस बैंकले लगानीको अवसर प्रदान गरेको छ । नेपाल राष्ट्र बैंक द्वारा जारी निर्देशिकाको अधिनमा रही नेपालका विभिन्न क्षेत्रहरु जस्तो: कृषिमा आधारित उद्योगहरु, उत्पादनमूलक क्षेत्र, घर कर्जा, हायर पर्चेज कर्जा, उत्पादनमूलक क्षेत्र, सोलार लगायतका क्षेत्रहरुमा यस बैंकको लगानी रहेको छ । 

उद्योग र व्यवसाय प्रवद्धनमा बैंकिङ क्षेत्रको भूमीका :

बैंक तथा वित्तिय क्षेत्रको स्थापना देशको अर्थतन्त्रसँग जोडिएको हुन्छ । अर्थशास्त्रसँग सम्बन्धित अधिकांस विषयहरु बैंकिङ्ग क्षेत्रसँग आवद्ध हुन्छन् । जसमा बैंकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक उन्नतिको लागि विशेष सहयोगीे भुमिका निर्वाह रहेको हुन्छ । अझ भन्ने हो भने अर्थ भनेको मुद्रा र सोसँग सम्बन्धित बैंकिङ्ग पनि मुद्रासंग नै जोडिएको हुन्छ । त्यसैले यी एक अर्काका परिपुरक हुन् । बैंकले गर्ने प्रत्येक कार्य देशको अर्थतन्त्रसँग गाँसिएका हुन्छन् । बैंक आफंैमा अर्थतन्त्रको विकासको निम्ति सवल पक्ष हो । हेर्नुस् न, व्यक्तिको विकास देखी लिएर आर्थिक पक्ष सवल बनाउने सम्ममा बैंकले विशेष योगदान गरेको हुन्छ । देशमा भएगरेका र हुने सबै क्षेत्रसँग बैंकिङ्ग प्रणाली संलग्न भएकै पाईन्छ । यसरी नै सिभिल बैंकले गरेका कार्य देशको अर्थतन्त्रसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान स्वरुप नै रहेको भन्नुपर्छ ।

सिभिल बैंकका बैंकिङ गतिविधिहरु :

सिभिल बैंकको हरेक कार्य नेपाल राष्ट्र बैंकले निर्देशित नीतिनिर्देशनको कार्य बुँदा अन्तर्गत नै हुने गरेका छन् । त्यसैले यस बैंकले गर्ने कार्यहरु व्यवसायिक रुपमा मात्र नभई देशको मौद्रिक नीति, बैंकिङ्ग नीति र अर्थतन्त्रसँग गाँसिएका विभिन्न पूर्वाधारहरुलाई पूर्णता दिनका लागि हुन्छन् भन्नु नै उपयुक्त होला । कुनै पनि क्षेत्र, व्यक्ति, संघ संस्थाको विकास र उत्थानको लागि सहयोगीको रुपमा रही योगदान पुर्याउने खालका गतिविधिहरु यस बैंकले गर्दै आएको छ । आजको दिनमा यस बैंकले झण्डै १ लाख ५० हजार ग्राहकहरुलाई सेवा पुर्याउन र तिनका आवश्यकताहरुलाई सम्बन्धित नीति, निर्देशन भित्र नै रही परिपूर्ति गर्न सफल छ ।

सिभिल बैंकको पुँजी र लगानी ः

सिभिल बैंक लिमिटेड पनि ८ अर्वको पूँजी अन्तर्गत रहनुपर्ने “क”वर्गको बैंक हो । हाल यस बैंकको पूँजी ८ अर्व पु¥याउनुपर्ने मध्येमा पर्दछ । त्यसमा हामीले विभिन्न वित्तिय संस्था संग क्रमिक रुपमा पहिलो, दोस्रो र तेस्रो मर्जरहरु सम्पन्न गरेका छौं । जसबाट अहिले क्यापिटल र रिभर्सको रुपमा ६ अर्व ३७ करोड संकलन भएको छ । गएको साधारणसभाले पारित गरेअनुरुप २.८८% बोनस सेयर र ४०% हकप्रद शेयर (जुन साधारणसभाबाट पारित भएर धितोपत्र बोर्ड सम्म कार्यान्वयनको लागी पुगेको छ)को लागि अनुमोदन गरेको छ । जसले यस बैंकको ८ अर्व पुँजीको संरचना पुग्छ । यस बैंकको २०७४ आषाढको तथ्याङ्क केलाउने हो भने कर्जा तर्फ ३० अर्व ८८ करोड र निक्षेपतर्फ ३४ अर्व ११ करोड रकम रहेको देखिन्छ । जसमा करिव ४५ करोड अपरेटिङ प्रोफिट छ भने ३.९१ % NPL छ । जुन यस भन्दा पहिलेको वासलातको तथ्याङ्क भन्दा धेरै राम्रो हो ।

नेपाल राष्ट्र बैंकको ८ अर्बको निर्देशन बारे ः

नेपाल राष्ट्र बैंक द्वारा जारी निर्देशन बमोजिम सबै “क” वर्गका बैंकहरुले ८ अर्व पुँजी पुर्याउनु त पर्छ नै । यसमा न त नेपाल राष्ट्र बैंक नै पछाडि हटेको छ न त कुनै वाणिज्य बैंक । प्रायः सबै “क” वर्गका बैंकहरुले यस सम्बन्धमा आफ्नो योजना पनि बुझाइसकेका छन् । जसअनुरुप धेरै बैंकहरु त्यसमा सफल हुने अवस्था त आज नै देखिन्छन् । केही बैंकहरुले लागि गत आर्थिक वर्षको वासलातलाई समेत समेट्नुपर्ने भएको कारण साधारणसभा सम्मको लागि दिईएको Relaxation को कारण सवै बैंकले ८ अर्व पुर्याउन सक्षम हुन्छन् । यसमा सिभिल बैंकले पनि ८ अर्ब पुर्याउन सक्षम हुन्छ भन्नेमा विश्वस्त छु ।

वित्तीय संस्थाहरु मर्जरका फाइदा र वेफाइदाहरु ः

नेपालको आर्थिक र सामाजिक विकासको साथ—साथ भौगोलिक अवस्थाका कारण समयानुकुल नीति, निर्देशन बन्नु स्वभाविक हो । केहि समय अघि बैंकिङ्ग प्रणालीलाई ठाऊँ–ठाऊँ र गाऊँ—गाऊँ पुर्याउनको लागि धेरै वीत्तिय संस्थाहरु  वर्ग, स्थान र स्थापनाका नीतिअनुरुप आएको सर्वविदितै छ । त्यस बमोजिम स्थापना भएका केही वीत्तिय संस्थाहरुले उन्नति गरे भने केहीको अवोनति पनि व्यहोर्नुपर्यो । यसले गर्दा संस्थाहरु लिक्विडेसनमा जाने, जन—मानसमा बैंक तथा वित्तिय संस्थाको विश्वास गुम्ने र देशको विकासका लागि योगदान स्वरुप रहन नसकेको कारण नै मर्जरको प्रावधान आएको हो । यो आफैंमा राम्रो प्रक्रिया हो । जसअनुसार संस्था बलियो हुनुमा मद्दत पुगेको  छ भने अर्कोतर्फ यस्तो प्रक्रिया द्वारा एक भएका संस्थाको लगानी र सक्षमता बढ्न जान्छ । अनि देशको आर्थिक उन्नतिमा मद्दत गर्छ । तर यसको अर्को पक्ष भनेको कर्मचारी व्यवस्थापन र खर्चको भारले गर्दा, ऋणको वर्गीकरणका कारण धरासयी पनि हुन सक्ने अवस्था देखिन्छ । त्यसैले यसको सहि पहिचान गरेर मात्र मर्जरमा जान उचित हुन्छ ।

नेपालमा बैंकहको लगानी बमोजिम प्रतिफल नआउनुको कारण :

नेपालको बैकिङ्ग विकास विश्वपरिवेस बमोजिम हेर्दा भरखर मात्र जन्मेको भन्दा पनि हुन्छ । बैंकिङ्ग विकासको सुरुवात भएको क्रमलाई केलाउँदा वि.सं. २०१४ सालपछि मात्र सुरुवात भएको हो । वि.सं २०३८-३९ साल पछिमात्र वामे सरेको जस्तो लाग्छ । अझ पनि बैंकहरु देशमा भए—गरेका विकासका पुर्वाधारहरुसंग आवद्ध कमै छन् । त्यसैले स–साना परियोजना उत्पादन र क्षेत्रसँग सम्बन्धित भएको पाइन्छ । त्यसैले देशको विकासमा बैंकले अझै गर्न धेरै नै बाँकी छ । छिमेकी मुलुक भारत र चीनमा बैंकले गरेको लगानीलाई हेर्ने हो भने हाम्रो न्युन छ । हाम्रो देशमा लगानीका अवसर धेरै छैनन्, सीमित क्षेत्रसँग आवद्घ हुनुपरेको अवस्था पनि छ । अब बैंकले लगानी गर्ने अवसरहरु संकुचित हुँदैछन् भने धेरै क्षेत्रहरु समेट्न सकिएको पनि छैन । प्रतिस्पर्धा धेरै छ । यहि कारणले प्रतिफल नपाउनु स्वभाविक हो । जब अवसर धेरै हुन्छन्, तब लगानी विविधिकरणको अवसर अझ बढी हुन्छ । जसले देशको विकासमा सहयोग गर्छ । साथै आत्मनिर्भरता पनि पनि बढ्छ । यसबाट नै आर्थिक विकास अझ सवल रुपमा चलायमान हुन सक्छ । प्रतिफल पनि बढी आउन सक्छ जस्तो मलाइ लाग्छ । त्यसैले बैकिङ्ग दायरा बढाउन जरुरी छ ।

मेराे बैंकिङ क्षेत्रकाे उद्देश्य, अनुभव र याेगदान ः

मेरो बैकिङ्ग सेवाको उद्देश्य नै जनमानसमा बैंक र बैंक सम्बन्धी कार्यको अवधारणालाई सार्थक बनाउने हो । त्यसैले मैले पहिले त बंैक के हो, के गर्छ, यसले कसरी सबै वर्ग, क्षेत्र र व्यक्ति तथा संस्थालाई प्रत्यक्ष वा अप्रत्क्ष्य रुपमा सहयोगी हुन्छ भन्ने कुराको ज्ञान अन्य क्षेत्रका लागि पुर्याउने पनि होे । मैले पहिलो १० बर्ष यसै परिवेश भित्र रही कर्मचारीको रुपमा कार्य गरें । सम्बन्धित संस्थाको पहिचान र विकासमा पछिल्लो १० बर्ष । म बैंकले लिएको नीति, निर्देशन र कार्यान्वयन पक्षमा सहभागि भएँ । बैंक भित्र रहेका कार्यलाई निर्देशन बमोजिम गर्न गराउनुका साथै यस क्षेत्रमा संलग्न अन्य कर्मचारी, व्यावसायिक संघ–संगठन, संस्था तथा व्यक्तिलाई नेपालको बैंकिङ्ग क्षेत्रले पुर्याउने योगदानलाई अँगाल्न प्रेरित गरें । म आज पनि धेरै ठाऊँमा यस सम्बन्धमा कक्षाहरु लिने गर्दछु र बैकिङ्ग सम्बन्धि कार्यक्रमहरुमा सहभागि हुने गर्दछु ।

नेपालको अर्थ राजनीति प्रतिको मेराे दृष्टिकोण :

कुनै पनि देशको विकासमा अर्थ र राजनीतिको समन्वयन अति आवश्यक छ । पश्चिमी मुलुक देखि हाम्रो मुलुक सम्मको अध्ययन गर्ने हो भने यी दुवै पक्ष एक अर्काको परिपुरक रहेको पाईन्छ । जहाँ राजनीतिले पूर्णता पाएको छ । त्यहाँ आर्थिक विकास भएको छ । आर्थिक परिवर्तन राजनीतिले ल्याउने हो भने राजनीतिलाई सक्षम र सबल अर्थतन्त्रले नै गर्ने हो । त्यसैले यि एकअर्काका परिपूरक हुन् । यहि कारण हामी भन्ने गर्छौं, राजनीतिको विकास हुँदा नै अर्थतन्त्रको विकास हुने गर्छ । त्यसैले नेपालमा राजनीति नै बलियो र सबल हुनुपर्छ । एउटा पक्ष मात्र बलियो भएर कदापि देशले गति लिन सक्दैन ।
सिभिल बैंकले नेपाल राष्ट्र बैंकको नीति निर्देशन पूर्ण रुपमा पालना गरेको छ र गर्नैपर्छ यसमा कुनै दुई मत छैन । कतिपय नीति निर्देशन आफैमा उदाहरणीय छन्, त्यसैले अरु बैंकहरुले जस्तो यो बैंकले पनि नेपाल राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा पालना गरेको छ भन्न म हिचकिचाउँदिन । सिभिल बैंक आफैंले पनि No Deviation Compliance policy लाई अंगीकार गरेको छ । हामी Zero Tolerance मा संचालित छौं । यसैले गर्दा सिभिल बैंक नेपाल राष्ट्र बैंकको निति, निर्देशनको पालना, दिए गरेका परिधि भित्र नै रहेर संचालन भएको छ ।

मौद्रिक नीति सम्बन्धमा मेरो धारणा :

हालसालै आएको मौद्रिक नीति, वीत्तिय क्षेत्र सुधारको क्रममा राम्रो कदम साथ आएको छ । यसले वित्तिय क्षेत्रमा हुने लगानीका किसिम र परिवेशलाई सुक्ष्म रुपमा अध्ययन गर्न सफल भएको छ । बैंकिङ क्षेत्रमा सबै क्षेत्र द्वारा गरिने कार्य प्रणालीलाई अझ सशक्त बनाएको जस्तो लागछ ।  साधारण बचतकर्ताको निक्षेप र व्याज व्यवस्थालाई व्यवस्थित गरेको छ भने मौद्रिक नीतिले पहिलो पटक कृषि क्षेत्रको सुधारको लागि वाध्यकारी व्यवस्था गरेको छ । जसमा बैंकहरुले कुल कर्जाको १० % लगानी गर्नैपर्ने भएको छ । यो हाम्रो जस्तो कृिषप्रधान देशको लागि अति आवश्यक थियो । सामान्य किसान देखि कृषिजन्य उत्पादनमा हुन सक्ने ठूला–ठूला परियोजनाको लागि र समग्र कृषिमा आधारित व्यक्ति, संघसंस्थाका लागि ठूलो अवसरको रुपमा आएको देखिन्छ । यस्तै जलविद्युत उत्पादन गर्ने उत्पादकहरुले ९% व्याजमा कर्जा पाउने अवस्था छ । विद्युतीय उपकरण जस्तै विद्युतीय रिक्सा जस्ता स–साना उद्योग देखि परियोजना सम्मलाई अङ्गालेको छ । मौद्रिक नीतिले मुल्य नियन्त्रण र व्याजदरको स्थायीत्वमा पनि कदम चालेको पाईन्छ । यसले गर्दा लगानीको विकेन्द्रीकरणलाई विस्तार गरेको पाईन्छ । जसले गर्दा बैंकहरुले आफु खुसी व्याजदर बढाउन नपाईने खालका नीतिहरु अवलम्वन गरेको देखिन्छ । शेयर लगानीतर्फ हुने गरेका अप्राकृतिक उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्य अनुरुप धितोमा प्रवाह गर्न सक्ने सीमा घटाईएको छ भने प्राथमिक पूँजीको ४० % गरिएको व्यवस्थाले खासै भिन्न देखिन्न  । मुद्रा कारोबारको भुक्तानीमा ल्याएको व्यवस्थाले AML/CFT लाई मद्दत पुर्याएको छ । यसबाट सम्पत्तिको श्रोत र आर्जनको स्वच्छतालाई अझ व्यवस्थित गर्न खोजिएको छ । यसले राज्य व्यवस्थामा आउनुपर्ने करको दायरालाई अझ व्यवस्थित गरेको छ भने असल नियतबाट आर्जन भए-गरेका सम्पत्तिलाई सहि मूल्याङ्कन गर्न सहयोग पुर्याएको छ । उता लगानी तर्फ घर कर्जा, हायर पर्चेज कर्जामा गरिएको व्यवस्थाले जनताबाट संचित निक्षेपको कदर भएको छ । अनावश्यक रुपमा धेरै मात्रामा घरजग्गा कारोवार, ऋणको सहि पहिचान गर्दै देशको अन्य क्षेत्रमा यस किसिमका कारोबारलाई उत्साहित गरेको छ । राजधानी भित्रको घरकर्जाको गतिविधिलाई निरुत्साहित गर्दै अन्य क्षेत्रका लागि उत्साहित गर्न सफल भएको छ । मौद्रिक नीतिको ४०% मात्र घर कर्जा राजधानीको लागि र अन्य ५० % हुनुमा स्वागतयोग्य छ । यस्तै हायर पर्चेजमा ३५ % र ६५ % को वर्गीकरणलाई राम्रो नीति अवधारणा गरिएको भन्नुमा अनुपयुक्त नहोला । सम्पत्ती शुद्धिकरणको व्यवस्था र सम्पत्ती आर्जनको सही नीतिले नेपाल जस्तो सानो मुलुकलाई विश्व सामु AML/CFT को राम्रो कार्यान्वयन गर्न सफल भएको भन्नुमा दुईमत नहोला । यसले अर्थतन्त्रमा क्रमिक रुपमा सुधार ल्याउन अवश्य पनि सहयोग गर्नेछ ।

बैंकहरु ग्रामीण क्षेत्रमा नजानुका कारणहरु :

नेपालको ग्रामीण क्षेत्र आजको दिनमा पनि दयनीय अवस्थामा छन् । यस क्षेत्रमा विकासका कार्यहरु भएका छैनन् । जसले गर्दा बैंकिङ प्रणाली त्यहाँ नपुग्नु स्वभाविक नै हो । बाटो, विजुली, धारा पानी, जस्ता अत्यवश्यक कुराहरु देशले दिन सकेको छैन भने व्यक्तिको आर्थिक विकास हुने खालका अवधारणाहरु राज्य पक्षले पुर्याउन सकेको छैन । बैंक जनताको पुँजीबाट  संचालन हुने संस्था हो । यो नाफामुलक संस्था हो, जसले निक्षेपकर्ताको निक्षेपलाई विश्वासको आधारमा सञ्चय गरेको हुन्छ । त्यसैले ग्रामीण क्षेत्रमा हुने काम  कारवाहीबाट नाफा भन्दा नोक्सान हुने भएकोले अझ पनि पहुँच नपुगेको जस्तो लाग्छ । हाल नेपाल राष्ट्र बैंक द्वारा लिईएको ग्रामीण क्षेत्रको बैंक संचालन सम्बन्धि नीतिले यसलाई आड पुर्याउन सक्दछ । यसमा बैंक हैन, राज्य व्यवस्थाको दरिलो नीति, त्यो पनि दीर्घकालिन हुनुपर्छ । अनि मात्र ग्रामिण क्षेत्रमा बैंकहरु खुल्छन् जस्तो लाग्छ ।

बैंक प्रति लगानी सम्बन्धमा आउने गुनासाहरु :

बैंक राज्य व्यवस्था, नेपाल राष्ट्र बैंक र आ–आफ्ना नीति अवलम्बन गर्दे संचालन भएका हुन्छन् । यसमा आफैंले यो गर्ने वा त्यो गर्ने भन्ने खालको कार्य गर्न पाईंदैन । देशको अवस्था, राजनीतिक आधार, नीतिनियम सँगँंगै कानूनी अवधारणा अनुसार काम गर्नु पर्ने र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नीतिनियमको अधिनमा रहनुपर्ने भएकोले अन्य देशको तुलनामा  केही गुनासाहरु त आउँछन् नै । बैंकहरुको लगानी गर्ने क्षेत्र संकुचित हुनु, व्यवसायीहरु बढी कमाउने तर्फ लाग्नु र राज्य व्यवस्था फितलो राजनीतिमा अलमलिनुले गर्दा यो अवस्था आएको हो ।

सिभिल बैंकको विगत र अबको योजना :

सिभिल बैंक बैंकिङ्ग विकासको कोणबाट हेर्ने हो भने भर्खरको बैंक हो । यो बैंक भर्खर बामे सर्न थालेको छ । हामी छैटौं वर्ष पूरा गरी सातौं वर्ष प्रवेश गरेका छौं । विगतमा हामीलाई स्थापना हुन निकै गाह्रो भयो । बजार व्यावसायीक अवधारणा र बैंकिङ्ग क्षेत्र भित्रका प्रतिष्पर्धात्मक कदमहरुका कारण साह्रै कठिन थियो । साथ–साथै पूराना बैंकहरुसँग बजारमा उपस्थित हुनेदेखि सेवा शुल्क र व्याजका कारण हामी सजिलै स्थापित हुने अवस्था थिएन । त्यसपछि, भुर्इंचालो, नाकाबन्दी तथा राजनीतिक उतारचढावको कारण हामीलाई अघि बढ्न कठिन भएको हो । तर पनि हामी आज कुनै पूरानो बैंकको Portfolio भन्दा सानो छैनाैं । बैंकले लिएको नीति अनुरुप Reconciliation / New Venture बैंकिङ्गको अवधारणाले आज राम्रो वासलात प्रकाशित गर्न सक्षम भएका छौं । हाल बनेको नयाँ संचालक समिति, सदस्यहरु तथा नयाँ व्यवस्थापनको कारण हामीले हाम्रो अबको नीतिलाई स्पष्ट पारेको छौं । बैंकले अब द्रुत गतिमा सफलता हासिल गर्दै आउने र अवका वर्षमा लामो फड्को मार्ने कुरामा दईमत छैन । प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गको नेतृत्वमा यस सिभिल बैंकले केहि वर्ष भित्रमै नेपालको १० मध्येका  विश्वसनिय बैंक भित्र आफ्नो स्थान कायम गर्न सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij