काठमाडौं । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आइतबार तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन आइतबार तोलाको ५५हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थयो । यस्तै शुक्रबार तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ७ सय ५० रुपैयाँमा झरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij