यो अवधिमा नगर प्रमुखका उम्मेदवार रहेका ज्ञवाली र दाहाल दुवैले जन्म दिनसमेत मनाएका छन् । दुवैले जन्म दिन फरक तरिकाले मनाए ।
देवी ज्ञवालीले ११ असारमा आफ्नो जन्म दिन सामान्य तरिकाले अनौपचारिक कार्यक्रमविना नै मनाए । ज्ञवाली भन्छन्, ‘मैले कुनै पनि जन्मदिन औपचारिक तरिकाले मनाइनँ, मेरो जन्म दिन सधैं अनौपचारिक तरिकाले नै बित्ने गरेको छ । साथीभाइहरूले जन्मदिनको शुभकामना दिनुहुन्छ म उहाँहरूको शुभकामना ग्रहण गर्छु ।’
‘म पार्टीको क्याडर हुँ, संगठनात्मक काम गर्छु’ ज्ञवालीले भने, ‘निर्वाचन पार्टीको कार्यक्रम भएकोले म उम्मेदवार बनेको हुँ यसबाट मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन ।’
‘म भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुँदैमा मेरो दैनिकीमा कुनै उतार चढाव आएको छैन’ ज्ञवालीले भने, ‘भरतपुर १९ को विषयमा सर्वोच्चमा मुद्दा विचारधीन रहेको अवस्थामा म कार्यकर्ताको समस्या समाधान गर्न, उनीहरू बिरामी हुँदा, अप्ठ्यारोमा पर्दा भेट्न जाने गरेको छु ।’
‘भरतपुर १९ को विषयमा यहाँका मतदाता स्पष्ट छन्’ ज्ञवालीले भने, ‘यहाँका मतदाताले तपाईंलाई जिताउनका लागि हामीले भोट गरेका थियौं, तपाईंले जित्ने देखेपछि माओवादीले हाम्रो मतपत्र च्याते, पुनः चुनाव भए पनि हाम्रो उम्मेदवाररेणु दाहालले समेत २२ असारमा आफ्नो जन्मदिन मनाएकी छन् । दाहालले चितवनको देवाघाटस्थित रामजानकी बालिका आश्रममा पुगेर त्यहाँका बालिकाहरूसँग जन्म दिन मनाएकी हुन् । यद्यपि, दाहालले देवघाटमा बालिकाहरूसँग जन्म दिन मनाउने आफ्नो पूर्वनिर्धारित कार्यक्रम नभएको बताइन् ।
३१ वैशाखमा निर्वाचन हुनभन्दा केही दिनअघि मात्रै दाहाल चितवन आएकी हुन् । चितवनका मतदातासँग अपरिचित दाहालले यहाँका मतदातालाई रिझाउन निकै नै सकस खेप्नुपर्यो ।
‘चुनावको बेलामा यहाँका जनतामाझ चुनावी प्रचारको लागि होमिएकी थिएँ’ दाहालले भनिन्, ‘अहिले भने सर्वोच्चको फैसला कुरेर बसेका छौं ।’
‘त्यहाँका जनताले समेत चाँडो नतिजा आओस् भनेर चाहेका छन्’ दाहालले भनिन्, ‘दिन प्रतिदिन अदालतको फैसला सर्दै जानुले निकै नै अप्ठ्यारो पारेको छ ।’ ‘एउटै एजेन्डा लिएर भरतपुर १९ मा गइरहनुपरेको छ’ दाहालले भनिन्, ‘सधैं एउटै विषयमा जनतालाई कति बुझाउने ?’
चितवन । जुन उत्साह र उमंगका साथमा भरतपुर महानगरपालिकामा ३१ वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो, त्यो उत्साह कायम रहन सकेन । पहिलो चरणमा भएको निर्वाचनको मतगणना भइरहेको अवस्थामा स्थानीय मतदातामा उत्साह देखिएको थियो भने १४ जेठपछि उनीहरूमा विस्तारै निराशा छायो ।
१४ जेठको मध्यरातमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको बेलामा मतपत्र त्यातिएपछि परिस्थितिले नयाँ स्वरूप लियो । मतपत्र गणना भइरहेको समयमा वाइसिएल चितवनका अध्यक्ष मधु न्यौपाने र द्रोण सिवाकोटीसहित माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि महानगरको मतगणना प्रभावित भएको थियो । मतपत्र च्यातेको आधारमा प्रहरीले दुवै जनालाई मुद्दा चलाए पनि चितवन जिल्ला अदालतले उनीहरूलाई १८ जेठमा धरौटीमा रिहा ग¥यो ।
अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले ‘निर्वाचन कसुर ऐन–२०७३ को दफा १६ को उप दफा २ बमोजिम न्यौपाने र सिवाकोटीलाई १÷१ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिए । अदालतको आदेशपछि दुवैजना धरौटी बुझाएर रिहा भएसँगै कांग्रेसको समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार दिएकी माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालको पक्षमा भोट माग्न भरतपुर १९ पुगे ।
उता, निर्वाचन आयोगले भरतपुर १९ को मतपत्र च्यातिएको विषयमा उक्त वडामा पुनः मतदानको निर्णय गरेपछि एमालेले आयोगको निर्णयले आफूहरूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढकाउन पुग्यो । एमालेको भरतपुर १९ पुनः मतगणना माग गर्दै सर्वोच्चमा निवेदन दिए पनि सर्वोच्चलेसमेत विभिन्न कारण देखाउँदै भरतपुर १९ को मुद्दालाई ६ पटकसम्म सार्ने काम ग¥यो । अहिले भरतपुर १९ को विषयमा पक्ष र प्रतिपक्षी दुवैको बहस सकिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुने वा मतगणना हुने भन्ने विषयमा सर्वोच्चले सम्भवतः १५ साउनमा निर्णय गर्नेछ । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले भरतपुर १९ को ९० वटा मतपत्र च्यातेका थिए । भरतपुर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो भने १ हजार ८ सय ९ मत गणना भएपछि मतपत्र च्यातिएको थियो ।
भरतपुरमा २९ वटा रहेकोमा २७ वटा वडाको मतगणना सकिइसकेको छ । वडा नम्बर १९ को विवादले वडा नम्बर २० को समेत मतगणना हुन सकेको छैन । वडा नम्बर १९ को १ हजार ८ सय ९ मत गणना हुने बेलासम्म महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । मतपत्र च्यातिनु अगाडिसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए भने कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले ४० हजार ९ सय ८ मत प्राप्त गरेकी थिइन् ।
भरतपुर महानगरको मतगणना विवाद सुरु भएको २ महिना पुगेको छ । यो अवधिमा नगर प्रमुखको उम्मेदवार रहेका ज्ञवाली र दाहाल दुवैले जन्म दिनसमेत मनाएका छन् । दुवैले जन्म दिन फरक–फरक तरिकाले मनाए ।
देवी ज्ञवालीले ११ असारमा आफ्नो जन्म दिन सामान्य तरिकाले अनौपचारिक कार्यक्रमविना नै मनाए । ज्ञवाली भन्छन्, ‘मैले कुनै पनि जन्म दिन औपचारिक तरिकाले मनाइनँ, मेरो जन्म दिन सधैं अनौपचारिक तरिकाले नै बित्ने गरेको छ । साथीभाइहरूले जन्मदिनको शुभकामना दिनुहुन्छ म उहाँहरूको शुभकामना ग्रहण गर्छु ।’
उसो त सरल स्वभावका व्यक्तित्व भनेर चिनिएका उम्मेदवार ज्ञवालीको दिनचर्या भरतपुरको चुनाव अगाडि र चुनाव पछाडि खासै परिवर्तन आएको छैन । ‘म पार्टीको क्याडेट हो, संगठनात्मक काम गर्छु’ ज्ञवालीले भने, ‘निर्वाचन पार्टीको कार्यक्रम भएकोले म उम्मेदवार बनेको हुँ यसबाट मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन ।’ निर्वाचन ताका आफू भरतपुरको २९ वटै वडामा केन्द्रित रहेकोमा अहिले पार्टीको नियमित कार्यक्रम तथा अन्य कार्यक्रमहरूमा सरिक भएको ज्ञवालीले बताए ।
‘म भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुँदैमा मेरो दैनिकीमा कुनै उतारचढाव आएको छैन’ ज्ञवालीले भने, ‘भरतपुर १९ को विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा म कार्यकर्ताको समस्या समाधान गर्न, उनीहरू बिरामी हुँदा, अप्ठ्यारोमा पर्दा भेट्न जाने गरेको छु ।’ महानगरभित्र हुने सार्वजनिक कार्यक्रममा समेत ज्ञवालीले आफ्नो उपस्थिति जनाउने गरेका छन् ।
‘भरतपुर १९ को विषयमा यहाँका मतदाता स्पष्ट छन्’ ज्ञवालीले भने, ‘यहाँका मतदाताले तपाईंलाई जिताउनको लागि हामीले भोट गरेका थियौं, तपाईंले जित्ने देखेपछि माओवादीले हाम्रो मतपत्र च्याते, पुनः चुनाव भए पनि हाम्रो उम्मेदवार तपाईं नै हो भनेका छन् ।’ गलत कार्य गर्नेलाई जिताउन हुँदैन भनेर जनताले बुझेका उल्लेख गर्दै ज्ञवालीले पैसाले निर्वाचनमा प्रभाव पार्न सकिन्छ भनेर जतिसुकै खर्च गरे पनि चितवने जनताले त्यस्तो हर्कतलाई परास्त गर्ने बताए ।
उता, माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालको चर्चा महानगरपालिकाको मेयरको उम्मेदवार बनेपछि एकाएक चुलिएको थियो । केहीले उनलाई गलत तरिकाले प्रचारमा ल्याएका भए पनि उनी माओवादी जनयुद्धबाट राजनीतिमा छिरेकी हुन् । प्रचण्ड पुत्री भएकी कारण उनलाई विरोध गरिएको भन्नेहरूको कमी नभइरहेको बेलामा कांग्रेसको समर्थन पाएर भरतपुरको प्रमुख बन्ने दौडमा रहेकी दाहाललाई कांग्रेसी कार्यकर्ताहरूले सार्वजनिक रूपमै भोट नदिने बताएका थिए ।
माओवादी केन्द्रका तर्फबाट भरतपुरको नगर प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले समेत २२ असारमा आफ्नो जन्म दिन मनाएकी छन् । दाहालले चितवनको देवाघाटस्थित रामजानकी बालिका आश्रममा पुगेर त्यहाँका बालिकाहरूसँग जन्म दिन मनाएकी हुन् । यद्यपि, दाहालले देवघाटमा बालिकाहरूसँग जन्म दिन मनाउने आफ्नो पूर्वनिर्धारित कार्यक्रम नभएको बताइन् ।
‘मेरो अरू नै भेटघाटको सिलसिलामा म देवघाट पुगेको थिएँ’ दाहालले भनिन्, ‘त्यहाँ पुगेपछि मलाई थाहा भयो कि आश्रममा बालिकाहरूले मलाई शुभकामना दिनको लागि तयारी गरेका रहेछन् ।’ आश्रममा रहेका बालिकाहरूको आग्रहपछि त्यहाँ पुगेर उनीहरूसँग जन्म दिनको शुभकामना साटेको दाहालले बताइन् । ‘बालिका आश्रमका नानीहरूले राखेको कार्यक्रम मेरो लागि सरप्राइज थियो’ दाहालले भनिन्, ‘उनीहरूले मलाई शुभकामना दिएपछि मैले पनि नानीहरूलाई एकछाक खाना खुवाएर उनीहरूसँगै जन्म दिन मनाएर फर्किएँ ।’
३१ वैशाखमा निर्वाचन हुनभन्दा केही दिन अगाडि मात्रै दाहाल चितवन आएकी हुन् । चितवनका मतदातासँग अपरिचित दाहालले यहाँका मतदातालाई रिझाउन निकै नै सकस खेप्नुप¥यो । १९ वैशाखमा उम्मेदवारको मनोनयन हुनुभन्दा ४ दिन अगाडि चितवन आएर दाहालले भरतपुरको राजनीतिमा आफूलाई उतारेकी हुन् ।
निर्वाचनअगाडि उनी राजधानीमा नै रहेकी थिइन् । काठमाडौंको मेयरको हल्ला चलेको भए पनि उनी त्यहाँको बासिन्दा नभएपछि उम्मेदवार बन्न पाएकी थिइनन् । जब चितवनबाट उनी मेयरको उम्मेदवार हुने पक्का भयो तब उनको चितवनका जनतासँगको सामिप्यता बढ्दै गयो ।
‘चुनावको बेलामा यहाँका जनतामाझ चुनावी प्रचारको लागि होमिएकी थिएँ’ दाहालले भनिन्, ‘अहिले भने सर्वोच्चको फैसला कुरेर बसेका छौं ।’ भरतपुरको मतगणना स्थगित भएपछि आफूहरूको नियमित कार्यक्रमको सूचीमा भरतपुर १९ रहेको उल्लेख गर्दै दाहालले दैनिकजसो त्यो ठाउँमा चुनावी प्रचारको लागि जाने गरेको बताइन् । ‘त्यहाँका जनताले समेत चाँडो नतिजा आओस् भनेर चाहेका छन्’ दाहालले भनिन्, ‘दिन प्रतिदिन अदालतको फैसला सर्दै जानुले निकै नै अप्ठ्यारो पारेको छ ।’
‘एउटै एजेन्डा लिएर भरतपुर १९ मा गइरहनु परेको छ’ दाहालले भनिन्, –‘सधैं एउटै विषयमा जनतालाई कति बुझाउने ?’ अदालतले कानुनसम्मत निर्णय गरेर चाँडोभन्दा चाँडो फैसला गरेमा भरतपुरका मतदाताले जनप्रतिनिधि पाउने र उनीहरूको विकासको सपनासमेत साकार हुने दाहालले बताइन् । भरतपुरको १९ नम्बर वडाका कारण मतगणना रोकिएपछि दाहालको काठमाडौं चितवन ओहोरदोहोर गर्ने क्रम जारी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij