
काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा ४ सय बढेको सुनको भाउ आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५४ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ आज तोलामा १० रुपैयाँ सस्तो भएको छ । चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij