२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सुनको मूल्य चार साताकै उच्च

सुनको मूल्य चार साताकै उच्च

बैंगलोर । सोमबार सुनको मूल्य चार साताकै उच्च कायम भएको छ । अमेरिकामा भएको राजनीतिक अनिश्चितताले डलरको मूल्य झन्डै वर्षकै न्यून कायम भएपछिको अवस्थामा सुनको मूल्य उकालो लागेको हो ।

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेन्डा लागू हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको तुलनामा डलरको अवमूल्यन भएको हो । डलर १३ महिनाकै न्यून नजिक कायम भएको छ ।

डलरको अवमूल्यन भएसँगै डलर अंकित सुनको मूल्य अन्य मुद्रा लिएर बस्नेका लागि कम महँगो भएको छ । राजनीतिक र वित्तीय अनिश्चितताको समयमा सुनमा गरिने लगानीलाई वैकल्पिक र सुरक्षित मान्ने गरिन्छ ।

“मानिसहरू अमेरिकामा के हुन गइरहेको छ भन्ने विषयमा चिन्तित देखिएका छन्,” आईसीबीसी स्ट्यान्डर्ड बैंकको टोकियो शाखाका व्यवस्थापक युईची इकेमिजुले बताए ।

“एसियाको ग्रीष्मकालीन बिदाको समयमा बजार शान्त हुने अपेक्षा गरिएको छ । यो चलायमान भएमा ओरालो लाग्ने भन्दा पनि उकालो लाग्नेतर्फ जानेछ,” उनको भनाइ छ । खुद्रा सुनको मूल्य प्रतिऔंस १ हजार २ सय ५४ डलर ३१ सेन्टको यथावस्थामा कायम भएको छ ।

सुुरुको कारोबारमा सुनको मूल्य चार साताकै उच्च अर्थात् प्रतिऔंस १ हजार २ सय ५७ डलर १८ सेन्ट कायम भएको थियो । यो गत साताको तुलनामा २.१ प्रतिशतले बढी हो ।

अगस्ट आपूर्तिको सुनको मूल्य लगभग अपरिवर्तनीय अर्थात् प्रतिऔंस १ हजार २ सय ५४ डलर ७० सेन्ट कायम भएको छ ।अन्य बहुमूल्य धातुमा चाँदीको मूल्यमा ०.३ प्रतिशतको गिरावट आएर प्रतिऔंस १६.४२ डलर कायम भएको छ ।

प्लाटिनमको मूल्यमा पनि ०.४ प्रतिशतको गिरावट आएर प्रतिऔंस ९२९.४० डलर कायम भएको छ । यसैगरी प्लाटियमको मूल्यमा पनि ०.२ प्रतिशतको गिरावटसहित प्रतिऔंस ८४३.०८ डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij