काठमाडौं । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य उतार–चढावबीच स्थीर रहन पुग्यो ।
आइतबार छापावाल सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै अन्तिम दिन शुक्रबार पनि तोलाको पुनः ५३ हजारमै कारोबार हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार मूल्य ओरालो लागेको थियो भने बुधबार र बिहीबार उकालो लाग्दै शुक्रबार पनि ओर्लिएको थियो ।
चाँदीको मूल्य पनि उतार–चढाव हुँदै आइतबार तोलाको ७ सय १० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्यमै स्थीर रहन पुग्यो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij