२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साझा यातायात अब साँगासम्म संचालन हुने

साझा यातायात अब साँगासम्म संचालन हुने


भक्तपुर । जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ।

सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो।

भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ। साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म बस सञ्चालन हुनेछ।

साँगासम्म सञ्चालन हुने बस सेवाको पूर्वउद्योग मन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरुपमा शुभारम्भ गरे। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij