काठमाडौं । नेपाली बजारमा आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । गत साताको शुक्रबार तोकिएको सुनको भाउ अनुसार आज तोलामा सुन दुई सय रुपैयाँ सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला ५४ हजार एक सय रुपैयाँ छ । शुक्रबार सुनको भाउ तोलाको ५४ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने ७ सय ४५ रुपैयाँ छ । शुक्रबार पनि चाँदीको भाउ ७ सय ४५ रुपैयाँ नै थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij