काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४५ पैसा र विक्रिदर २७ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०१ र विक्रिदर २८ रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०३ पैसा र विक्रिदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०१ र विक्रिदर २४ रुपैयाँ १५ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०७ पैसा र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ १२ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ १० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ०१ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ६१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij