लन्डन । सोमबार सुनको मूल्य चार साताकै न्यून बिन्दुमा ओर्लिएको छ । फेडका वरिष्ठ अधिकारीको टिप्पणीपछि अमेरिकी डलरको भाउ उकालो लागेसँगै सुन सस्तिएको हो । बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिने विषयमा वार्ता सुरु भएसँगै देखिएको अनिश्चितताका कारण सुनको मूल्य प्रभावित भएको देखिएको छ ।
खुद्रा सुनको मूल्यमा ०.३ प्रतिशतले गिरावट आएर प्रतिऔंस १ हजार २ सय ४८ डलर ७ सेन्ट कायम भएको छ । यो मूल्य मे २४ देखिकै न्यून हो । अमेरिकी सुनको मूल्यमा पनि ०.४ प्रतिशतको गिरावट आएर प्रतिऔंस १ हजार २ सय ५१ डलर ६ सेन्ट कायम भएको छ ।
न्युयोर्कका फेडरल रिजर्भका अध्यक्ष विलियम डुडलीले अमेरिकी मुद्रास्फीति थोरै कम भएको तर श्रमबजारमा सुधार आएसँगै ज्यालासँगै वृद्धि भएको बताएका छन् । यसले फेडलाई अमेरिकी मौद्रिक नीतिलाई क्रमिक रूपमा कडाइ गर्नका लागि अनुमति दिएको उनको भनाइ छ ।
डलर उकालो लागेसँगै उच्च दरको सम्भावनालाई पनि बढाएको छ । डलरको अधिमूल्यन भएसँगै यसमा मूल्यांकनमा रहेका वस्तुहरूको मूल्य पनि बढ्नेछ । अन्य मुद्रा लिनेका लागि वस्तुको मूल्य बढ्ने देखिएको छ ।
सुनको मूल्यमा हुने हेरफेरमा डलरको ठूलो भूमिका देखिनेछ,” आईएनजी कमोडिटिजका रणनीतिकार वारेन प्याटरसनले बताए । बेलायती सरकारमा देखिएको अनिश्चितता र ब्रेक्जिटको छलफल सुरु भएकाले पनि डलरको अधिमूल्यन भएको र सुनको मूल्य ओरालो लागेको आफूले पाएको उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij