२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ओर्लियो बजार: ५७ करोडको कारोवार

ओर्लियो बजार: ५७ करोडको कारोवार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि पुँजी बजार ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले झरेको बजार ४.०९ अंकले घटेको हो ।

मंगलबार एक सय ४१ कम्पनीको ११ लाख ६२ हजार २ सय ३९ कित्ता सेयर खरिद विक्रीवाट ५७ करोड ९२ लाख ३७ हजार ३ सय २७ रुपैयाँको कारोवार भएको छ । आज जलविद्युत, उत्पादनमुलक र अन्य समुह वाहेकको सूचक रातो भएका छन् ।

मंगलबार बैकिङ समूहको सूचक ४.६७ अंकले घटेको छ भने होटल समूहको सूचक ८.९१ र विकास बैंक समूहको सूचक ८.९८ अंकले घटेको छ ।

यस्तै, फाइनान्स समूहको सूचक ३.०७ अंकले घटेको मंगलबार बीमा समूहको सूचक २९.३८ अंकले ओर्लिएको छ ।

यस्तै, मंगलबार जलविद्युत समूहको सूचक ४.८८, उत्पादनमुलक समूहको सूचक ०.६८ र अन्य समूहको सूचक ४.६३ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij