कम्पनीले एकजना वितरक व्यवसायीलाइ रकम भुक्तानी दावी गर्दै अाफूले दावी गरेको रकम भुक्तानीको निम्ति कम्पनीले हात्तिसार स्थित हिमालयन स्न्याक्स रहेकै बिल्डिङमा रहेका लक्ष्मी बैंकमा रकम सङ्कलन गर्न निर्देशन दियो । तर वितरकले कम्पनीको यस कार्यलाई शंकास्पद रुपले विचार गरेर अन्य व्यवसायीलाई सम्पर्क गरे ।
काठमाडौंका व्यवसायी दुर्गाराज श्रेष्ठले बैंकमा पैसा सङ्कलन गरेको भनी माथि कम्पनीमा फोन मार्फत भन्ने र कम्पनीका कर्मचारीलाई बैंकमा पूरै रकम भुक्तानी भएको कागज लिएर आउन लगाए । त्यसै बमोजिम व्यवसायीले कम्पनीका कर्मचारीलाई तल बोलाएर आफूले रकम सङ्कलन गरेको र बैंक ग्यारेण्टी कागज फिर्ता दिनुपर्ने कुरा गर्दा मात्र ती व्यवसायीले सही कुरा बुझ्न पाए की कम्पनीको रकम सङ्कलन मात्रै गराउने तर नो अब्जेक्सन लेटर फिर्ता नगर्ने नियत राखेको रहेछ । बर्षौं देखि सँगै काम गर्दै आएको र आफैंले बजारीकरणको काम गरिदिएका व्यवसायीहरुलाई यसबारेमा कम्पनीले यसो गर्ला भन्ने त शंका पनि गरेका थिएनन् ।
ती व्यवसायीसँग कम्पनीका कर्मचारीले विदेशबाट आफूलाई सरले (साहुजी) नो अब्जेक्सन लेटर नदिन भनेको बताएसँगै कम्पनीले नियतवश नै ठग्ने मनसाय बनाएको कुरा व्यवसायीहरु माझ भारइल बन्यो । पछि बाहिर समेत बुझ्दा कम्पनीले देशका विभिन्न ठाउँमा यसरी नै व्यवसायीलाई मर्कामा पार्ने काम गरिसकेको रहेछ ।
याे पनि पढ्नुहाेस् ः
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij