ठूला घरानाहरूको ठगि धन्दा

  • खेतानकाे मायाेजले ठग्दैछ वितरक र उपभाेक्ता

  • काठमाडौं । खेतान समूहकाे लगानी रहेकाे मायाेज चाउचाउ उत्पादन गर्दै अाएकाे हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले नेपालभर रहेका वितरकहरूसँगकाे  हरहिसाब मिलान नगरी एकतर्फी रूपमा वितरकहरूकाे बैंक ग्यारेण्टी दाबी गरी वितरकहरूलार्इ दुःख दिँदै अाएकाे छ । व्यवसायीहरूले मायाेज चाउचाउकाे विक्रीवितरणमा संलग्न सम्पुर्ण व्यवसायीहरूकाे हिसाब मिलानकाे निम्ति कम्पनीलार्इ अाग्रह गर्दै अाएका छन् । अाफूहरूलार्इ उठिबास लगाउने मानसिकता सहित कम्पनीले ठगिधन्दा गरेकाे प्रति सम्पूर्ण व्यवसायीहरू विराेधमा उत्रने भएका छन् ।

    अाफूलार्इ कम्पनीले अाहत बनाएकाेमा दुःखी बनेका व्यवसायीहरूले विराेधकाे निम्ति साेही समूह अन्तरगत नै उत्पादन गर्दै अाएकाे गाेर्खा ब्रुअरी प्रा.लि. अन्तरगतकाे टुवाेर्ग वियरकाे विक्री बन्द गर्ने निर्णयमा पुगेकाे नाम उल्लेख नगर्ने सर्तमा एकजना वितरकले सेताेघर डट कमलार्इ बताएका छन् । व्यवसायीहरूका अनुसार अाफुहरूलेे कम्पनीलार्इ पटक-पटक सम्पर्क गरी हिसाब मिलानकाे लागि अाग्रह गर्दा पनि कम्पनीले भने अटेर गरेकाे र व्यवसायीलार्इ दुःख दिने नियत राखेकाे हुनाले अाफूहरू विराेधमा उत्रनुपर्ने अवस्थामा पुगेकाे बताएका छन् ।

    याे पनि पढ्नुहाेस् ः

    – ठूला घरानाहरूको ठगि धन्दा

    विक्री नभएका सामानकाे भुक्तानी दाबी गर्दै मायाेज चाउचाउ

    – हिमालयन स्न्याक्सकाे समस्या समाधानमा महासंघले नै अग्रसरता लिने

    – हिमालयन स्न्याक्स्काे विरूद्ध व्यवसायी एकजुट हुँदै

    – मुद्धा चलिरहेकाे समयमा बैंकबाट बैंक ग्यारेण्टी रकम कम्पनीलार्इ प्रदान गरिएकाे प्रति वितरकहरूकाे ध्यानाकर्षण

    वितरक व्यवसायीकाे विभिन्न संस्था प्रतिनिधिहरु सँग भेटघाट तीव्र

    वितरकहरुले यसरी थाहा पाए कम्पनीको ठग्ने नियत

    Comment

    Related News