२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

कृषि विकास बैंकको नाइमा विशेष अफर : गाडी कर्जामा ३३.३३ प्रतिशतसम्म छुट 

कृषि विकास बैंकको नाइमा विशेष अफर : गाडी कर्जामा ३३.३३ प्रतिशतसम्म छुट 

  • बुधबार, साउन २७ २०८३

काठमाडाैं । कृषि विकास बैंकले नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको विशेष योजनाअनुसार नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले ब्याजको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउनेछन्।

नयाँ गाडी किन्न इच्छुक ग्राहकका लागि आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ। आवश्यक कागजपत्र पूरा भएपछि बैंकले गाडी खरिदका लागि तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बताएको छ।

थप जानकारीका लागि नजिकैको शाखामा वा कल सेन्टर नम्बर ०१-५९७०१६१ मा फोन गरेर बुझ्न सकिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij