२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

श्वास र तनाव व्यवस्थापनको रहस्य

श्वास र तनाव व्यवस्थापनको रहस्य

  • शनिबार, बैशाख ५ २०८३
  • कमल पन्थी

श्वास हाम्रो जीवन हो । जीवनको ठूलो रहस्य यही श्वासमा लुकेको छ । यो केवल हामीलाई जिउँदो राख्नका लागि महत्वपूर्ण छैन । हाम्रो कार्यक्षमता, स्वास्थ्य, खुसी, आनन्द र व्यवहारलाई गुणस्तरीय बनाउनका लागि समेत यो निकै महत्वपूर्ण छ । अब मुख्य कुरा भनेको के हामीले सही तवरले श्वास लिन जानेका छौं वा अभ्यास गरेका छौं त भन्ने हो ।

श्वास र तनाव बीचको सम्बन्ध
हाम्रो शरीरमा जब तनाव आउँछ, त्यस बेला हामी ‘भाग’ वा ‘भीड’को अवस्थामा हुन्छौं । अर्को अवस्था पनि छ । जसलाई ‘फ्रिज’ हुनु भनिन्छ, यस्तो अवस्थामा हामी छोटो समयको लागि केही पनि गर्न नसक्ने अवस्थामा हुन्छौं । अर्थात् हामीले आफ्नो निर्णय क्षमता गुमाउन पुग्छौं ।

एउटा उदाहरण
मानौं, हाम्रो अगाडि एउटा डरलाग्दो सर्प अचानक देखियो । त्यस्तो अवस्थामा हाम्रो शरीरमा के हुन्छ परिवर्तन । विचार गर्नुभएको छ । हामी डरको अवस्थामा रहँदा रहँदा हाम्रो श्वास छिटोछिटो चल्न थाल्छ । हाम्रो शरीरका अन्य अङगहरुसुस्त हुन पुग्दछन् । अनुहार तल तिर झुक्छ । आँखाको तेज र अनुहारको रङ बदलिन थाल्छ । मांशपेशी कडा हुन थाल्छ । शरीर बढी सतर्क हुन थाल्छ । डरको अलावा रिसाएको अवस्थामा पनि यस्तै हुन्छ ।

तनाव नियन्त्रणमा श्वासप्रश्वास
तनाव नियन्त्रणका लागि श्वास निकै महत्वपूर्ण साबित हुने गर्दछ । सामान्यता हामीले प्रति मिनेट १२–२० चक्र श्वास लिने छोड्ने गर्दछौं ।
श्वासको दरलाई ध्यान दिने र प्रतिमिनट श्वासको सङ्ख्यालाई घटाउने हो भने सँगसँगै हाम्रो शरीर पनि बिस्तारै सामान्य बन्दै जान्छ । यसले हामीलाई पुन सामान्य अवस्थामा ल्याउने काम गर्दछ । हामीले श्वास प्रक्रिया अन्तरगत तनावको अवस्थामा एउटा अभ्यास गर्न सक्छौं । जसलाई भनिन्छ, बक्स ब्रिदिङ । यसको संरचना यस्तो हुन्छ

४–४–४–४ अर्थात्

४ सेकेण्ड श्वास लिने, ४ सकेड रोक्ने ४ सेकेण्ड लगाएर छोड्ने र पुनः ४ सेकेण्ड रोक्ने । यसरी १ चक्र पूरा भयो । अब पुनः यस चक्रलाई दोहो¥याउने । करिब १०–१५ मिनट यस क्रियालाई निरन्तरता दिने । हाम्रो शरीर तत्काल आरामको मोडमा आउने गर्दछ । जहाँ शरीरका सबै अङ्गहरुले सही–सही तवरले काम गर्दछन् ।

मानव शरीरको काम गर्ने प्रणाली
हाम्रो शरीरमा २ किसिमका प्रणाली चल्ने गर्दछन् । सिम्प्याथेटिक नर्भस सिष्टम र पारासिम्प्याथेटिक नर्भस सिष्टम । सिम्प्याथेटिक नर्भस सिष्टम चल्दा हाम्रो शरीरमा एककिसिमको हलचल भइरहेको हुन्छ । हाम्रो शरीरले आराम गर्न पाइरहेको हुँदैन । हाम्रो शरीर अदृष्य रुपमा भाग्ने, भिड्ने स्थितिमा हुन्छ ।

मानौं हाम्रो अगाडि बाघ वा सर्प छ । हामीले त्यसलाई देखेर डराइरहेका वा तर्सिइरहेका छौं ।

 

यस्तो अवस्थामा हाम्रो मष्तिष्कले कुनै निर्णय लिन सक्दैन । मष्तिष्कमा जानुपर्ने रगत शरीरमा प्रवाह हुन्छ र शरीरलाई बल मिल्छ । जसले गर्दा हामी तुलनात्मक रुपमा अलि बढी शक्तिशाली भएको महसुस गर्छौं । तनावले हामीलाई यही गराउँछ ।

जब हामी लामो समयको लागि तनावमा रहन्छौं, हाम्रो मानसिकता मात्र होइन, हाम्रो शरीरमा समेत रोगका लक्षणहरु देखिन थाल्दछन् । श्वासलाई नियन्त्रणमा लिन सिक्यौं भने हामीले केही मिनटमा नै आफूलाई भीड वा भाग मोडबाट ‘आराम’ र ‘पाचन’को अवस्थामा ल्याउन सक्छौं । शरीरको पारासिम्याथेटिक नर्भस सिष्टम भनेको यही हो । जहाँ सबै कुरा सन्तुलित रुपमा चल्न शुरु गर्दछन् । हामीले प्रयाप्त आराम पाउँछौं ।

विचार गरौं त, अहिले हामी अत्यन्तै व्यस्त जीवन जिइरहेका छौं । यस्तो अवस्थामा कतै हामीले रातीको निद्रालाई पनि अनावश्यक रुपमा कार्यप्रगति घटाइरहेको अर्थमा त बुझिरहेका छैनौं ।

न्यूरोसाइन्सका अनुसार निद्राले हामीलाई गहिरो तवरले रिसेट मोडमा लैजाने काम गर्दछ । जसरी हामी केही मिनटको श्वास परिवर्तनका माध्यमबाट आफूलाई रिसेट मोडमा लैजाने तरिका सिक्यौं । त्यसै गरी । तर लामो समयका लागि । यसो हुँदा हाम्रो शरीरका तनाव, थकान, विषाक्त तत्वहरु, हाम्रो शरीरका कोषिकाहरुमा लागेका चोटपटक लगायतलाई हटाउने, सफा गर्ने, व्यवस्थित गर्ने र पुनर्निर्माण गर्ने काम गर्दछ । यसकारण निद्रा हाम्रो लागि कार्यक्षमता घटाउन होइन, कार्यक्षमता बढाउन र निर्णय क्षमतालाई सुधार गर्न निकै महत्वपूर्ण हुने गर्दछ ।

आधुनिक समयमा तनावका कारणहरु
१. मोबाइल–इलेक्ट्रोनिक्स डिभाइसको अधिक उपयोग र खराब समाचार
२. अरुसँग तुलना
३. टेलिभिजन सिरियलहरुका अपूर्ण कथा (अब के होला भाव)
४. सूचना–समाचारको ओभरलोड
५. निरन्तर नोटिफिकेसन र डिजिटल डिस्ट्रयाक्सन
६. अप्रयाप्त निद्रा
७. अरुको आलोचना गर्दा मिल्ने आनन्द
८. एक्लोपनको डर
९. क्षमता भन्दा बढीको जोखिम लिनु

एउटा विरोधाभाषपूर्ण सत्य
तनाव हाम्रै गतिविधिहरुले सृजना गरिरहेका छन् । अझ अर्को खतरनाक कुरा त के छ भने जुन कुराबाट हामीलाई तनाव न्यूनीकरण भइरहेको अर्थात् आनन्द महसुस हुन्छ, त्यसै कुराले हामीलाई तनाव दिइरहेको छ । जस्तो कि थकाई पश्चात् गरिने मोबाइल स्क्रोलिङ ।

किनकि हाम्रो मष्तिष्कलाई आराम चाहिन्छ । प्रयाप्त मात्रामा । तर स्क्रोलिङ गर्दा आराम पाउँदैन । तैपनि यसकारण खुसी महसुस गर्छ कि त्यसबेला हाम्रो मष्तिष्कमा डोपामाइन उत्पन्न हुने गर्दछ । डोपामाइनलाई खुसीको हर्मन त मानिन्छ । तर हामीले न्यून परिश्रमबाट प्राप्त गरेको डोपामाइनले हामीमा तत्कालिन आनन्द Instant Gratification) त पैदा गर्दछ । तर यसले हामीलाई दीर्घकालिन रुपमा पासो जस्तै काम गर्दछ । अलि महत्वपूर्ण र दीर्घलाभका तर बढी मेहनत गर्नुपर्ने काममा लाग्नबाट रोक्ने र कम गुणस्तरीय काममा अल्झाउने गर्दछ ।

यसकारण मैले कस्तो कामबाट आनन्द लिइरहेको छु, त्यो पहिचान हामीले मष्तिष्कको सचेत प्रयोगबाटै गर्नुपर्ने हुन्छ । यसको आधारमा नै कुन काम–कुरा छनौट गर्ने भन्ने निर्णय लिनुपर्ने हुन्छ ।

जस्तो कि

१. मोबाइल स्क्रोलिङ वा प्रेरक पुस्तक अध्ययन
२. चुरोट सेवन वा प्रणायाम
३. आलोचना वा आत्मचिन्तम लगायत ।

आनन्द त दुवैबाट आएको महसुस हुन्छ । फरक यो छ कि एउटाले घातक परिणाम दिने गर्दछ भने अर्कोले दीर्घकालिन रुपमा लाभदायक ।

अन्तिम निष्कर्ष
अहिलेको समयमा तनाव केवल असफलताले आउँदैन, अव्यवस्थाले पनि आउने गर्दछ । जुन काम दीर्घकालिन रुपमा लाभदायक हुन्छ, त्यसैमा वास्तविक आनन्द लुकेको हुन्छ । काममै आनन्द लिन सिक्नु नै जीवनको गहिरो आनन्द हो । यसकारण जुन काम बढी लाभदायक र आनन्ददायक छ, त्यही काममा आनन्द लिउँ । त्यही काम गरौं । किनकि आजको मान्छे वास्तविक खतरा सँग होइन—सूचना, तुलना र कल्पनाले सिर्जना गरेको तनावसँग लडिरहेको छ । साथै तनावलाई समयमै सम्हाल्न सकिएन भने त्यो अर्को स्तरमा स्तरोन्नति हुन्छ, जसलाई चिन्ता ९ब्लहष्भतथ० भनिन्छ, बिना कारण हुने चिन्ता (एन्जायटी)लाई समयमै बुझिएन भने त्यो गहिरो निराशा (डिप्रेसन)मा रूपान्तरण हुन्छ ।

यसकारण तनावलाई समयमा नै व्यवस्थापन गर्न प्रयत्न गरौं । आफूलाई ख्याल गरौं । प्रविधिको उचित उपयोग गरौं । यसको दास नबनौं । दैनिक रुपमा केही समय डिजिटलमुक्त रहौं । एकान्त, मौनता र आत्मचिन्तनलाई पनि जीवनको हिस्साका रुपमा अपनाउँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij