मानव मष्तिष्क केवल सोच्ने अंग मात्र होइन, यो हाम्रो जीवनको दिशा निर्धारण गर्ने केन्द्र हो ।
मष्तिष्कमा विकसित हुने केही आधारभूत भावहरू छन्, जसले हाम्रो मानसिक सन्तुलन, स्वास्थ्य र सफलताको स्तर तय गर्छन् । तीमध्ये प्रमुख चार भाव यस्ता छन्—
क. कृतज्ञता
ख. क्षमाशिलता
ग. प्रेम र स्नेह
घ. प्रयाप्तताको भाव
क. कृतज्ञता
एकछिन सम्झनुस् त—
के हामीसँग यी कुरा उपलब्ध छैनन् र ?
खुसी, प्रेम, आत्मसम्मान, प्रेरणा, सफलता, योजना, उद्देश्य, सुरक्षा, सृजनशीलता, धन–सम्पत्ति,
हावा, पानी, कपडा, साथी, परिवारजन, आफन्त, पुस्तक, स्वस्थ शरीर, खुल्ला आकाश, ढुंगा, माटो,
खाना, बासस्थान, स्मार्टफोन र डिजिटल डिभाइसहरू—
यी सबै आजै हामीसँग छन्।
तर अर्कोतर्फ, हामीले अनुभव गरेका यथार्थहरू पनि छन्—
पीडा, तनाव, असुरक्षा, बेइज्जत, रोग, अभाव, डिप्रेसन, ऋण र बोझ।
यहाँ प्रश्न उठ्छ—
के हामीसँग पीडादायक कुराहरू मात्रै छन्?
उत्तर स्पष्ट छ—छैन।
वास्तविकता के हो भने, हामीसँग
नकारात्मकभन्दा धेरै दृष्य र अदृष्य सकारात्मक स्रोतहरू उपलब्ध छन्।
तर हाम्रो ध्यान अधिकांश समय पीडा, अभाव र डरमै केन्द्रित हुन्छ।
किन त ?
किनकि स्वाभाविक रूपमा हाम्रो मष्तिष्क
सम्भावित खतराबाट बच्न हरक्षण सतर्क रहन डिजाइन गरिएको हुन्छ।
यो प्रक्रिया गलत होइन, तर आजको युगमा
हामीले सामना गर्ने वास्तविक खतरा अत्यन्तै कम छन्।
अधिकांश डर र तनाव काल्पनिक भविष्यका अनुमानहरू मात्र हुन्।
मष्तिष्क र ब्रह्माण्डको नियम
मष्तिष्क र ब्रह्माण्डको एउटा साझा नियम छ—
जुन भाव, विचार र अनुभूति हामी अहिले अनुभव गरिरहेका हुन्छौं,
त्यही कुरा हाम्रो जीवनमा वृद्धि हुँदै जान्छ।
त्यसैले,
आफूसँग जे उपलब्ध छ, त्यसैमा कृतज्ञ रहन सिक्नुपर्छ।
सानो–सानो सकारात्मक कुरामा पनि
हरेक दिन कृतज्ञ भाव व्यक्त गर्न सके
ती कुराहरू अझ धेरै मात्रामा हाम्रो जीवनतर्फ आकर्षित हुन्छन्।
पहिलो अनुच्छेदमा उल्लेख गरिएका गुणहरू बढाउँदै लैजानु
र दोस्रो अनुच्छेदका नकारात्मक अनुभूतिहरू घटाउँदै लैजानु—
यही नै सफलता र मानसिक सन्तुलनको वास्तविक आधार हो।
आज हामीसँग जीवन सञ्चालनका लागि आवश्यक सबै कुरा छन्।
तर ती कुराहरूको बेवास्ता गर्दै
भविष्यलाई सुन्दर बनाउने अन्धो होडले
हाम्रो वर्तमानलाई झन् कमजोर बनाइरहेको छ।
यो प्रवृत्ति,
मष्तिष्कीय र ब्रह्माण्डीय नियम दुवैको विपरीत हो,
किनकि ब्रह्माण्डले
हामी अहिले जस्तो भावमा छौं,
त्यही प्रकृतिका परिस्थिति थप बढाइदिन्छ।
ख. क्षमाशिलता
हामीमध्ये धेरैजना
विगतमा कसैसँग असन्तुष्ट भएका हुन्छौं।
त्यो घटना बिर्सन नसकेर
आजसम्म बोकेर हिँडिरहेका हुन्छौं।
तर यस्तो अवस्थामा
सबैभन्दा बढी प्रभावित व्यक्ति
अर्को होइन—हामी आफैं हौं।
त्यसैले,
विगतको घटनालाई मेटाउन नसके पनि
त्यसको प्रभाव घटाउन सक्नुपर्छ।
यहीँबाट क्षमाको महत्व सुरु हुन्छ।
अरूलाई क्षमा दिनु भनेको
उसको गल्तीलाई सही ठहर गर्नु होइन,
यो त आफूलाई मानसिक रूपमा स्वतन्त्र बनाउनु हो।
क्षमा कसरी व्यक्त गर्ने ?
क्षमा व्यक्त गर्न विभिन्न प्रभावकारी तरिकाहरू छन्—
क. सम्बन्ध सम्भव भए व्यक्तिलाई प्रत्यक्ष भेटेर माफी माग्ने
ख. विगतको घटनालाई सम्झेर सबै भावना कापीमा लेख्ने र सुरक्षित रूपमा जलाउने
ग. भिजुअलाइजेसन—ध्यानको गहिराइमा पुगेर आफू पूर्ण रूपमा स्वतन्त्र भएको कल्पना गर्ने
घ. एनएलपी (NLP) प्रविधिहरू प्रयोग गर्ने
नियमित रूपमा क्षमाशिलताको अभ्यास गर्न सके हामी केवल मानसिक रूपमा मात्र होइन,
शारीरिक स्वास्थ्यमा समेत बिस्तारै–बिस्तारै सकारात्मक सुधार अनुभव गर्न थाल्छौं।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij