२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपालको कफीको निर्यात सम्भावना र अन्तर्राष्ट्रिय बजार

नेपालको कफीको निर्यात सम्भावना र अन्तर्राष्ट्रिय बजार

  • शुक्रबार, कार्तिक २८ २०८२
  • सराेज श्रेष्ठ

नेपालको कफी इतिहास झन्डै नबौं दशक अगाडी एकजना सन्यासी हिरा गिरी द्वारा बर्मा बाट कफीको  बिउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपनगरि सुरु भएको देखिन्छ। नबौं दशक लामो इतिहास भएपनि बिगत चार दशक देखि मात्र कफीखेतिको ब्यबासायिकरुपमा बिकाश भएको देखिन्छ। अझ भन्नुपर्दा एकदशक देखि नेपालि कफी उद्योग तिब्रगतिमा बिकाश भएको हो। बिशेष गरि कफी क्याफे सस्कारको बिकाश मुख्य शहरहरु देखि बजार- बजार सम्म उत्साहजनकरुपमा भएको देखिन्छ।  बजारको मागको अनुपातमा थोरैमात्रमा उत्पादन भएतापनि उत्क्रिस्त हिमाली जलबायु, उच्च भू-भागमा खेतिहुने हुँदा, बिशिस्ट गुणको स्वाद भएकोले अन्तरास्ट्रिय बजारमा अझ भनुपर्दा बिशिस्ट कफी बजारमा (Specialty Coffee Market ) निकैनै माग रहेकोले विश्व बजारमा नेपाली कफीको निर्यातकोको लागि प्रचुर सम्भावना देखिन्छ ।

कफी विश्व बजारमा तेल पछि सबैभन्दा बदी कारोबार हुने वस्तु मध्ये एक हो।  संसारका करोडौ मानिसले दैनिक सेवन गर्ने पिय पदार्थ भएकोले कफीको अन्तरास्ट्रिय बजार निकैनै ठुलो छ । सन् २०२४ को तथ्यांक अनुसार ग्रिन कफी को खपत १० अरब किलो ग्राम भन्दा माथि भएको देखाउन्छ जुन अघिलो बर्ष भन्दा २-२५ % ले बृद्दी भएको देखिन्छ। यसरि बढी खपत हुने देशहरुमा अमेरिका, युरोपेली देशहरु, जापान, दक्षिण कोरिया, चीन पर्दछन।

वर्तमान नेपाली कफी बजारमा माग र आपूर्ति बिचको अनुपातलाई हेर्नेहोभने  उत्पादन भन्दा झन्डै तीनगुना खपत भएको देखिन्छ। आन्तरिक बजारको आपुर्तिनै पुरागर्न नसकिएको अबस्थामा निर्यातको बहस गर्न सायदै मुनासिब नहुन सक्छ।  तदापी नेपाल सरकार कृषि मन्त्रालयको मातहतको नेपाल चिया तथा कफी बिकाश बोर्डको अध्ययन अनुसार नेपालमा झन्डै १२ लाख हेक्टर जमिन  कफीको लागि उपयुक्त भएको र यसमा पनि ६२ हजार हेक्टर जमिन बिशिस्ट कफीको लागि (specialty coffee ) उपयुक्त भएको देखिन्छ।  त्यसैगरी नेपाली कफी बिशिस्ट कफीमा हुने गुण (specialty coffee )  भएकोले  बिशिस्ट कफी बजारमा राम्रो मुल्यमा बिक्रि गर्न सकिने धेरैनै अवसर रहेकोले नेपाली कफी खुल्ला विश्व बजारमा निर्यातको लागि अथाह सम्भावना रहेको छ ।

कफी विश्व बजारमा तेल पछि सबैभन्दा बदी कारोबार हुने वस्तु मध्ये एक हो।  संसारका करोडौ मानिसले दैनिक सेवन गर्ने पिय पदार्थ भएकोले कफीको अन्तरास्ट्रिय बजार निकैनै ठुलो छ । सन् २०२४ को तथ्यांक अनुसार ग्रिन कफी को खपत १० अरब किलो ग्राम भन्दा माथि भएको देखाउन्छ जुन अघिलो बर्ष भन्दा २-२५ % ले बृद्दी भएको देखिन्छ। यसरि बढी खपत हुने देशहरुमा अमेरिका, युरोपेली देशहरु, जापान, दक्षिण कोरिया, चीन पर्दछन।  यसरि विश्व कफी बजार लाइ नियाल्दा कफीको अन्तर्रास्ट्रिय बजारमा ठुलो माग रहेको प्रस्ट हुन्छ यस अर्थमा नेपालको जमिनको  क्षमता अनुरुप उत्पादन गरि विश्व बजारमा निर्यात गर्ने हो भने रास्ट्रिय अर्थतन्त्रमा  निकै ठूलो  टेवा पुग्ने कुरालाइ नकार्न सकिन्न।

निर्यातको अवसर  

नेपालमा गरिने कफी खेति प्राकृतिक रुपमानै जैविक (organic ) भएकोले अहिले को विश्व बजारको रोजाइमा परेको छ।  त्यसैले नेपाली कफी लाइ राम्रो मूल्यमा निर्यात गर्नसकिने । नेपालमा कफी खेति गर्दा जैविक मल को प्रयोग गर्नु को साथै कुनै पनि रासाइनिक पदार्थ र बिषादी हरुको प्रयों नगर्ने , हिमाली स्वच्छ हावामा, पानिमा खेति हुने हुदा याँहा को कफी प्राकृतिक  रुपमा नै जैविक हुने हुदा यसको माग आज को बजारमा दिन्दिनानु बदिरेको ले निर्यात को ठुलो सम्भावना बोकेको छ । यदि सरकारको सहयोग मा जैविक प्रमाणीकरण ( Organic Certified ) गर्न सकीयो भने राम्रो मूल्य मा निर्यात गर्न सकिने देखिन्छ।

नेपालमा मध्य पहाडी भेग जुन समुन्द्र सतहबाट ८00 देखि १८०० मिटर उचाइमा हिमाली चिसो जलवायुको प्रभावको कारण यहा उत्पादित कफिमा बिशिस्ट स्वादको हुने हुँदा अन्तरास्ट्रिय बजारमा हिमालयन इस्पेशिअल्ति को नाममा ब्राण्डिङ गर्न सकिने र विश्व बिशिस्ट कफी बजारमा नयाँ ओरिजिनकाे कफीको रुपमा स्थापित गर्न सकिने र भनेको जति मूल्यमा बिक्री गर्न सकिने स्थिति छ।

विभिन्न रास्ट्रिय तथा अन्तर्रास्ट्रिय क्यु ग्रेडर (Q Grader )ले गरेको कपिंगमा नेपाली कफीले उच्च विशिस्ट र विशष्ट श्रेणीको अंक आएकोले यसमा अझ कफी प्रोसेसिङ्गमा ध्यान दिएर गर्ने हो भने अब्बल गुणस्तरको कफी उत्पादन गरि मनग्य मुल्यमा बिक्रि गर्न सकिने ठुलो सम्भावना बोकेको छ। किनेभने नेपाली कफी ले १०० मा ९० भन्दा माथि कपिंग स्कोर ल्याएको छ । जुन हाम्रो कफी उद्योगको लागि कोशेढुंगा हुनेछ ।

राष्ट्रिय स्तरमै कफीलाई निर्यातमुखी नगदेबालीका रूपमा प्राथमिकता दिइएको छ, जसले यस क्षेत्रलाई द्रुत गतिमा अगाडि बढाउने आधार तयार गरेको छ। सरकारले नीति तथा कार्यक्रममा कफीलाई विशेष स्थान दिएको मात्र होइन, यसलाई व्यवस्थित बनाउन कफी व्यवसायी महासंघ, सहकारी संस्था, संघ–संस्था र निजी क्षेत्र समेत सक्रिय छन्। यी संस्थाहरूले किसानलाई प्रशिक्षण, प्राविधिक सहयोग, उत्पादन संकलन र बजारमा पहुँच दिलाउने काम गर्दै आएका छन्। यसले किसानलाई उत्पादन बढाउन प्रोत्साहन दिने मात्र होइन, उनीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने मार्ग खोल्ने काम गरेको छ। यस्तो सहकार्य र प्राथमिकताले गर्दा नेपाली कफीलाई भविष्यमा अझ व्यवस्थित ढंगले उच्च मूल्यमा निर्यात गर्ने प्रशस्त सम्भावना रहेको छ।

चुनौतीहरु

नेपालमा ११ लाख हेक्टर भन्दा  बदी कफी खेतीको लागि उचित भू-भाग रहेपनि उत्पादन निकैनै न्यून रहेको छ।  ११ लाख उचित जमिन मा जम्मा हाराहारी ४००० हेक्टरमा मात्र कफ़ि खेति गरिएको छ। वर्तमान अवस्थामा स्थानिय बजारको मागलाई नै  आपूर्ति गर्न नसकेको अवस्थामा रहेकोले निर्यात गर्नको लागि प्रशस्त कफी छैन ।

उचित प्रबिधि र सिप को कमीले गर्दा कफीको गुणस्तर मा एकरुपता नभएकोले अन्तरास्ट्रिय बजार ले मागगारे अनुरुपको कफी निर्यात गर्न कठिनाइ हुन।  साना साना किसान हरुको बाहुल्यता रहेकोले प्रबिधि को पूर्ण प्रयोग गरि गुणस्तर कफी उत्पादन मा कठिनाई हुनु ले ब्यबस्सयिक तबरले कफी खेति संचालन गर्न नसक्नुले गर्दा खोजेको गुणस्तर दिन नसक्नु। बिशेषत कफी प्रोशेस गर्नेक्रम दक्ष जनशक्ति कमि र प्रोसेसिङ्ग ज्ञानको कमीले गुणस्तर मा एकरुपता नआउनुले निर्यात मा धेरैनै समस्या देखिन्छ।

नेपाल भूपरिबेष्ठित राज्य भएकोले निर्यात प्रक्रियामा समस्या छ।  किनभने ढुवानी गर्नको लागि धेरै समय लाग्ने र ढुवानी गर्दा महँगो शुल्क लाग्ने हुँदा अरु देशको कफीसँग प्रतिष्पर्धा गर्नको लागि कठिनाई पर्छ।  यसले अनावश्यक कफीको लागत  बढ्छ । फलस्वरूप बजारमा नेपाली कफीको मूल्य अरुको तुलनामा महँगो हुन्छ।

नेपालमा किसान अभिमुखी धेरै कार्यक्रमको अवधारणाहरु आएपनि प्रत्यक्ष लाभान्वित खासै हुननसकेकोले उत्पादन बदाउन प्रेरणा नपाएको अबस्था छ। आपूर्ति शृंखलामा बिचौलिया हरुको चलखेलले किसान हरुले उचित भुक्तानी नपाउनु ले गर्दा किसानहरुमा उत्पादन बधाउनको  लागि उत्साहित देखिरहेको छैन ।

समाधानका उपायहरु

नेपाली कफी लाइ अन्तरास्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नकोलागि लक्षित गरि आधुनिक प्रशोधन केन्द्र   र गुणस्तर मापनको लागि गुणस्तर परिक्षण प्रयोगशाला सरकार तथा निजि क्षेत्र मिलेर  स्थापना गर्न आवश्यक छ। विश्व बजारको बर्तमान माग अनुरुप नेपाली कफी लाइ सरकार तथा निजि संघ संस्थाको तबरबाट अर्गानिक, फेयर ट्रेड र स्पेशाल्टि  प्रमाण-पत्र लिन सक्ने व्यवस्था गर्ने जसले गर्दा कफी राम्रो मुल्यमा बिक्री गर्न सकिन्छ।

उत्पादनमा उलेख्य बृद्धि गर्नको लागि सरकार र निजि संघ संस्था मिलेर किसान लाइ आबश्यक तालिम र बितिय सस्थाहरु बैंक र सहकारी बाट बित्तिय सुविधाको व्यवस्था गरी बाजारमा प्रभावकारी पहुँच दिनुपर्दछ ।

अन्तरास्ट्रिय बजारमा पहिचान सहित बलियो संग प्रतिस्थापित हुनको लागि सरकार ले नेपाली कफी निर्यात प्रबर्दन को लागि सक्रिय प्रचारप्रसार गर्नुपर्दछ । यसले गर्दा विश्व कफी बजारमा स्थापित हुन मद्दत गर्दछ।

 

निष्कर्ष

नेपाली कफी को गुणस्तर लाइ स्थिर राख्न सकेमा, साथै लाखौँ हेक्टर जमिनमा खेतीको बिस्तार गरि उलेख्य रुपमा उत्पादन बढाउने हो भने अन्तरास्ट्रिय बजारमा नेपाली कफी को दरिलो उपस्थितिहुनु को साथै प्रिमियम कफीकोरुपमा स्थापित हुने प्रचुर सम्भावना देखिन्छ।  बजार को माग अनुरुपमा उचित प्रचार प्रसार तथा ब्रनादिंग गर्ने हो भने उलेख्य परिणाममा कफी निर्यात गर्न सकिने छ।  यसले किसान हरुको आय आर्जन मनग्य बृदी गर्दै रास्ट्रीय अर्थतन्त्रमा ठुलो टेवा पुरौनुको अलाबा नेपालको पहिचान विश्वमा व्यापक बदाउन मद्दत पुर्याउद छ।

 

  • लेखक सरोज श्रेष्ठ नेपाल कफी व्यवसाययी  महासंघका वाणिज्य  उपाध्यक्ष हुन् । साथै उनी हिमालयन कफी ट्रेडिङ्ग प्रा. लि.का निर्देशक समेत हुन्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij