२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्दै

  • शुक्रबार, कार्तिक २१ २०८२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि राष्ट्र बैंकले बैंकहरुलाई कात्तिक २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकले कुल रकममध्ये २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ वाणिज्य बैंकमा, ४० करोड ७७ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १३ करोड ५९ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्नेछ। यो लगानी २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij