२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

इजरायली अधिकारीले परिवारजनलाई भने – विपिन जोशी जीवित छैनन्

इजरायली अधिकारीले परिवारजनलाई भने – विपिन जोशी जीवित छैनन्

  • सोमबार, असोज २७ २०८२

काठमाडौं । इजरायली अधिकारीहरूले दुई वर्षअघि हमासको कब्जामा परेका नेपाली युवा बिपिन जोशी अब जीवित नरहेको औपचारिक जानकारी दिएका छन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाको कमाण्डरले अमेरिकामा रहेकी विपिनकी आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई आज बिहान यो जानकारी दिएका हुन्।

हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो।हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ।

राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो ।

इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij