२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

इनोभेटिभ इन्जिनियरिङको कर्मचारी सम्मान कार्यक्रम सम्पन्न

इनोभेटिभ इन्जिनियरिङको कर्मचारी सम्मान कार्यक्रम सम्पन्न

  • शुक्रबार, असोज १० २०८२

 

काठमाडौँ । इनोभेटिभ इन्जिनियरिंग सर्भिसेजले दशैँको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनीमा पाँच वर्षभन्दा बढी समयसम्म सेवा प्रदान गर्ने कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ।

लामो समयदेखि इमानदारीपूर्वक सेवा पुर्‍याएका कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष अनुप खनालले सम्मान गरेका हुन्।

सम्मानित कर्मचारीहरूमा प्रशासन विभाग प्रमुख अनुज खनाल, लेखा प्रमुख ठाकुर खनाल, हाइड्रोलोजी विभागका म्यानेजर टिकेन्द्र जोशी, टेक्निसियन उत्तम खड्का, अटोमेसन टेक्निसियन लोकेन्द्र बिस्ट र कार्यालय सहयोगी तापेन्द्र बम रहेका छन्।

कार्यक्रममा सम्मानका साथै मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, नाचगान र विविध खेलकुद प्रतियोगिताहरू समेत आयोजना गरिएको थियो। खेलकुद कार्यक्रममा कम्पनीका विभिन्न विभागहरू—जस्तै सर्भे, हाइड्रोलोजी र सेडिमेन्ट, अटोमेसन, वातावरण तथा सामाजिक अध्ययन, बिजनेस तथा फाइनान्स विभागको सक्रिय सहभागिता रहेको थियो।

प्रतियोगिताका विजयीहरूलाई कम्पनीका निर्देशकहरू श्री हरिकृष्ण दवाडी र सागर शाहीले पुरस्कार प्रदान गरेका थिए। यस्ता कार्यक्रमले कर्मचारीहरूबीच सहकार्य, उत्साह र आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने कम्पनीको बिस्वास छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij