२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

अब सूचना विभागबाटै अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुने

अब सूचना विभागबाटै अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुने

  • बिहिबार, असोज ९ २०८२

 

काठमाडौँ । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम सूचना विभागमार्फत हुने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको सम्पूर्ण प्रक्रिया सूचना विभागमै केन्द्रित हुने व्यवस्था मिलाइएको हो ।

उक्त बैठकले सुरक्षा मुद्रणसम्बन्धी नियमावली पनि स्वीकृत गरेको छ । यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत गर्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij