२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

  • आइतबार, असोज ५ २०८२

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरण बिग्रन नदिन सरकार, राजनीतिक दलहरू र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने आग्रह गरेका छन्। हालै सम्पन्न जेएनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र निजी सम्पत्तिमाथि आक्रमणपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

अध्यक्ष ढकालले भदौ २३ र २४ गतेको आन्दोलनपछि क्षति बेहोरेका बहुराष्ट्रिय कम्पनी एनसेल, चौधरी ग्रुपको सिजी पार्क, र चन्द्रागिरि हिल्सको निरीक्षण गरे। निरीक्षणपछि उनले यस्ता हिंसात्मक घटनाहरूले देशको दिगो आर्थिक विकास र लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताउँदै सबै सरोकारवाला पक्षलाई गम्भीरता देखाउन अनुरोध गरे।

उनले आन्दोलनमा भएको राजनीतिक घुसपैठका कारण देशभरका ठूला, मझौला र साना उद्योगहरू तथा व्यक्तिगत सम्पत्तिहरूमा आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन, रोजगारी र सरकारी राजस्वमा प्रत्यक्ष असर परेको उल्लेख गरे। “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ। यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ,” अध्यक्ष ढकालले भने।

ढकालका अनुसार यस्ता घटनाहरूले विदेशी तथा स्वदेशी लगानी दुवैलाई निरुत्साहित गर्ने खतरा रहेको छ। महासंघले निरन्तर लगानी प्रर्वद्धनका लागि पहल गर्दै आए पनि यस्तो हिंसात्मक प्रवृत्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij