२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आइतबार, असोज ५ २०८२

 

काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर खुला गरेको थियो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij