२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

मकवानपुरमा फैलिएको खोरेत रोग नियन्त्रणमा  

मकवानपुरमा फैलिएको खोरेत रोग नियन्त्रणमा  

  • बिहिबार, असोज २ २०८२

 

काठमाडाैं । मकवानपुरका विभिन्न स्थानीय तहमा पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ। पशु सेवा कार्यालयले खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि रोग नियन्त्रणमा आएको हो।
१० वटा पालिकामा खोप अभियान सञ्चालन गरी करिब पाँच हजार पशुमा खोप लगाइएको छ। मकवानपुर । हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।

पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो । “खोरेत रोगबाट धमाधम पशुहरु प्रभावित भई मर्न थालेपछि हामीले खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, “अहिले अब पशुहरुमा देखिएको खोरेत रोग विस्तारै नियन्त्रणमा आइसकेको छ ।”
खोरेत प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको प्रमुख ठाकुरले बताए । उनका अनुसार भदौ महिनाको पहिलो साताबाट सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिकामा छ हजार आठ सय ७५, बागमती गाउँपालिकामा चार हजार सात सय, बकैया गाउँपालिकामा तीन हजार पाँच सय, मनहरी गाउँपालिकामा तीन हजार एक सय, इन्द्रसरोबर गाउँपालिकामा एक हजार चार सय ८८, थाहा नगरपालिकामा एक हजार चार सय ४५, भिमफेदी गाउँपालिकामा एक हजार पाँच, राक्सिराङ गाउँपालिकामा पाँच सय र कैलाश गाउँपालिकामा ३० पशुचौपायामा खोप लगाइएको प्रमुख ठाकुरले बताए ।

खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभाबित भएकोमा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए । उनका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij