२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

भोली देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय 

भोली देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय 

  • मंगलबार, भाद्र ३१ २०८२

 

काठमाडौं। नेपाल सरकारले भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’का क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्दै असोज १ गते (बुधबार) भोली देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा मुलुकभरका सबै सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक निकाय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक विदा हुने उल्लेख छ। साथै सो दिन राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “जेन-जी पुस्ता आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन २०८२ असोज १ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराइन्छ।”

यसअघि २०८२ भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij