२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

सागर डिष्टिलरीको साधारण शेयर आईपीओ स्थगित

सागर डिष्टिलरीको साधारण शेयर आईपीओ स्थगित

  • बुधबार, भाद्र २५ २०८२

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले मिति २०८२ भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरेको साधारण शेयर (IPO) को सार्वजनिक निष्काशन हालका लागि स्थगित भएको छ।

कम्पनीले भदौ १७ गते आह्वानपत्र प्रकाशन गरी आईपीओ निष्काशन खुलाउने घोषणा गरेको थियो। तर, मुलुकमा देखिएको विषम परिस्थिति तथा असहज अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि निष्काशन प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

यससँगै लगानीकर्ताले प्रतिक्षा गरिरहेको सागर डिष्टिलरीको आईपीओ कहिले खुल्ने भन्ने विषयमा अनिश्चितता देखिएको छ। कम्पनीले भने परिस्थितिअनुसार आवश्यक निर्णय लिएर नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij