२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

झापा इनर्जीको आईपिओ बिक्री खुल्ला

झापा इनर्जीको आईपिओ बिक्री खुल्ला

  • शनिबार, भाद्र २१ २०८२

 

काठमाडौं । झापा इनर्जी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।

दोस्रो चरणअन्तर्गत सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याइएको छ भने ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणलाई ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याइएको हो ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन भदौ २४ गतेसम्म दिन सकिनेछ भने आवश्यक परेको खण्डमा असोज ३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij