२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

विराटनगरमा झन्डै ३ अर्बमा पाँचतारे होटल बनाउँदै राजेन्द्र राउत

विराटनगरमा झन्डै ३ अर्बमा पाँचतारे होटल बनाउँदै राजेन्द्र राउत

  • बिहिबार, भाद्र १९ २०८२

 

विराटनगर । उद्योगी तथा व्यवसायी राजेन्द्र राउतले विराटनगरमा झन्डै २ अर्ब ८० करोडको लगानीमा पाँचतारे रोयल टन होटल बनाउन लागेका छन्। तीन महिनाभित्र शिलान्यास गरी निर्माण सुरु गर्ने र तीन वर्षभित्र १२५ कोठा क्षमताको यो होटल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए। करिब २४ रोपनी जमिनमा बन्ने यो होटल विराटनगरकै सबैभन्दा आधुनिक र लक्जरी हुने दाबी गरिएको छ।

राउत हाल विराटनगरमै २ अर्ब ५० करोड लागतको सुविधासम्पन्न अस्पताल निर्माण गरिरहेका छन्, जसको सात तला संरचना सकिएको र आगामी २० महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

शिवम् अर्गनाइजेशनका अध्यक्ष राउत चुनढुंगा खानी, सिमेन्ट, जुत्ता–चप्पल उत्पादन, पेट्रोलियम पदार्थ र ट्रेडिङ व्यवसायमा सक्रिय छन्। साथै उनले विराटनगरमै हाउजिङ कम्पनी, मेडिकल, पारामेडिकल र नर्सिङ कलेज स्थापना गर्ने योजनासमेत अगाडि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij