काठमाडाैं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५ प्राप्त गरेको छ ।
यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत प्रभु बैंकलाई “नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक” को अवार्ड प्रदान गरिएको हो। यो अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहका बीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका थिए।
यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ ।
यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij