२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

सर्वोच्चले खोल्यो बाटो : अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी बन्द गर्न सरकारलाई अधिकार

सर्वोच्चले खोल्यो बाटो : अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी बन्द गर्न सरकारलाई अधिकार

  • बिहिबार, भाद्र १९ २०८२

 

काठमाडौं । सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी एपहरू बन्द गर्न सरकारलाई बाटो खोलेको छ।

पाँच वर्षअघि दायर रिटमाथि फैसला सुनाउँदै न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले अनधिकृत रूपमा विदेशी विज्ञापनसहित सामग्री प्रसारण गर्ने प्लेटफर्म नियन्त्रण गर्न सरकारलाई आदेश दिएको हो।

सञ्चार मन्त्रालय, विज्ञापन बोर्ड र दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएका रिटमार्फत विदेशी विज्ञापनसहित अनधिकृत प्लेटफर्म नियन्त्रणको माग गरिएको थियो।

अदालतको आदेशसँगै सरकारले अनुमति नलिएका सामाजिक सञ्जाल तथा ब्राउजरमार्फत हुने विज्ञापन प्रसारण रोक्न सक्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij