२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

एनआइएमबि एस क्यापिटल, पायोनियर ल एसोसिएट्स र इक्रा नेपालद्वारा रोड टु आईपिओ कार्यक्रम सम्पन्न

एनआइएमबि एस क्यापिटल, पायोनियर ल एसोसिएट्स र इक्रा नेपालद्वारा रोड टु आईपिओ कार्यक्रम सम्पन्न

  • मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । एनआइएमबि एस क्यापिटल, पायोनियर ल एसोसिएट्स र इक्रा नेपालसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल एलप्ट काठमाडौंमा रोड टु आईपिओ नामक कार्यशाला आयोजना गरियो ।

उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेले गर्नुभयो । उहाँले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिनुभयो ।

पायनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।

एनआइएमबि एस क्यापिटलका डेपुटी सिईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे ।

यसका अतिरिक्त इक्रा नेपालका रेटिङ डिभिजन प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।

यस पहलकदमी मार्फत एनआइएमबि एस क्यापिटल र पायोनियर ल एसोसिएट्सले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij