२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरुमा विशेष छुट 

नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरुमा विशेष छुट 

  • आइतबार, जेष्ठ २६ २०८२

काठमाडाैं । नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विभिन्न सेवाहरुमा विशेष छुट
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ ।

सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट काडर्, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका ९ल्भ्ब्० सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij