काठमाडाैं । नेपालको बैंकिङ क्षेत्रमा ऐतिहासिक मोड ल्याउने उद्देश्यका साथ सन् १९८४ मा नबिल बैंक स्थापना भयो। त्यसबेला यसको नाम ‘नेपाल अरब बैंक लिमिटेड’ थियो। संयुक्त अरब इमिरेट्सबाट आएको लगानीमार्फत नेपालमा पहिलोपटक निजी क्षेत्रबाट संचालित बैंक स्थापनाको सपना साकार भएको थियो। यस संस्थाको नेतृत्व र उद्यमशील सोचले नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने यात्रा थाल्यो।
सन् १९९५ मा नेपालका उद्योगपति विनोद चौधरीले यस बैंककाे बहुमत शेयर खरिद गरेपछि नबिल बैंक पूर्णरूपमा नेपाली स्वामित्वमा आएको हो। त्यसपछि बैंक चौधरी ग्रुपअन्तर्गत समावेश भयो र यसले रणनीतिक रूपमा नयाँ बाटो समात्यो। विदेशी लगानीबाट सुरु भएर नेपाली उद्यममा रूपान्तरण भएको यो बैंक नेपालको निजी क्षेत्रको बैंकिङ इतिहासमा उदाहरणीय बन्न पुगेको छ।
बिसं २०७९ सालमा नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गरेर बैंकिङ इतिहासमा ठूलो फड्को मारेको हो। यस एकीकरणले नबिललाई ग्राहक आधार, शाखा संख्या, कर्जा–निक्षेप अनुपात र बजार हिस्साको हिसाबले अझ बलियो बनाएको छ। हाल यस बैंककाे पहुँच देशभर फैलिएको छ।
गाैरवपूर्ण इतिहास निर्माण गरेकाे नबिल बैंक प्रतिष्पर्धी बजारमा पनि अग्रस्थानमा नै रहँदै आएकाे छ । बैंकले बि.सं २०७९ बाट ‘nBank’ नामको डिजिटल प्लेटफर्म सुरु गरेको छ, जसले मोबाइल एप वा वेबबाटै खाता खोल्न, पैसा ट्रान्सफर गर्न, बिल तिर्न र कर्जा अनुरोध गर्न जस्ता आधुनिक सेवाहरू प्रदान गर्दछ। यो प्रणाली नेपालमा पहिलो पटक सुरु भएको डिजिटल–फ्रस्ट बैंकिङको अवधारणा हो। ग्राहकमैत्री सेवा प्रवाहकाे लागि याे अवधारणा निकै महत्वपूर्ण साबित भइरहेकाे छ ।
बैंकको नेतृत्व अनुभवी व्यक्तिहरूबाट हुँदै आएकाे छ । हाल यस बैंककाे प्रमुख कार्यकारी अधिकृत (CEO)काे भूमिकामा मनाेज ज्ञवाली छन्, प्रभावशाली व्यक्तित्व्काे रूपमा पहिचान बनाएका ज्ञवाली बैंकिङ क्षेत्रका एक अनुभवी व्यक्ति हुन् । नेपाल राष्ट्र बैंक हुँदै बैंकिङ यात्रामा अघि बढेका उनले विभिन्न बैंकमा रही नेतृत्व गरिसकेका छन् । हाल नबिल बैंकमा उनले उद्यमशिलता प्रवर्द्धन, डिजिटल पक्षमा सुधार र ग्राहक केन्द्रित रणनीति अघि सारेका छन्। यसैगरी बैंकको सञ्चालक समितिको नेतृत्व उपेन्द्र पौड्यालले गरिरहेका छन्। अर्थात् उपेन्द्र पाैडेल बैंकका अध्यक्ष हुन् । यसैगरी व्यवस्थापनले नयाँ प्रविधि र पारदर्शी व्यवस्थापनका साथ बैंकको विश्वसनीयता बढाइरहेको छ।
नबिल बैंकले व्यक्तिगत खातादेखि संस्थागत बैंकिङसम्म, एसएमई कर्जादेखि अन्तर्राष्ट्रिय कारोबार, रेमिटेन्सदेखि अनलाइन कार्ड सेवा, डलर कार्ड, QR पेमेन्ट, मोबाइल वालेट, शेयर कारोबार र लगानी सेवा प्रदान जस्ता विविध सेवा उपलब्ध गराएको छ। यसले बैंकलाई बहुआयामिक र आधुनिक सेवा दिने संस्थाका रूपमा उभ्याएको छ।
नबिल बैंकले विगतमा ‘Global Finance’ र ‘Euromoney’ बाट “Best Bank in Nepal” को उपाधि प्राप्त गरिसकेकाे छ । यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) बाट “Best Presented Annual Report” पुरस्कार (रजत श्रेणी) प्राप्त गरिसकेको छ। बैंकले विभिन्न कार्ड सेवा, SME कर्जा र डिजिटल बैंकिङतर्फ उत्कृष्टता प्रदर्शन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको छ।
नबिल बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, महिला उद्यमशीलता प्रवर्द्धन, कृषि, पर्यटन र नवप्रवर्तनमा आधारित ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले सामाजिक उत्तरदायित्वका लागि शिक्षा, स्वास्थ्य, वातावरण, र साना उद्यमहरूकाे लगानीलाइ विशेष प्राथमिकता दिँदै आएकाे छ ।
नबिल बैंकले आगामी दिनमा डिजिटल सेवालाइ अझ परिष्कृत बनाउँदै लैजाने, थप लगानी बढाउँदै लैजाने, ग्रामीण भेगमा पहुँच बढाउने तथा नवविकसित हरेक प्रविधिलाइ आत्मसात् गर्दै सेवाग्राहीलाइ सुरक्षा प्रत्याभुति गराउँदै आधुनिक सेवा बिस्तारमा अग्रस्थानमा उभ्याउँदै लैजाने याेजना बनाएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij