काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरकाे रूपमा प्रा. डा. विश्वनाथ पौडेलले जिम्मेवारी पाएका छन् । उनलाइ नेपाल सरकारले गभर्नरकाे रूपमा नियुक्त गरेको हाे ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनकाे नाम पारित गरेसँगै उनी नयाँ गभर्नर बनेका हुन् ।
पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट चुनावमा संलग्न भएका व्यक्ति हुन् ।
निर्वाचनमा पराजित भएपछि उनी पुनः अध्यापन पेसामा फर्किएका थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल नेपाली अर्थतन्त्रका विज्ञकाे रूपमा परिचित छन् ।
अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका पाैडेललाइ नेपाली अर्थतन्त्रकाे गहिराे अनुभव छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij