२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव

प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव

  • शुक्रबार, बैशाख १९ २०८२

 

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणअनुसार सो वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ।

यसका लागि नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने र त्यहाँबाट स्वीकृति पाएपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij