२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने प्रक्षेपण

  • बिहिबार, बैशाख १८ २०८२

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । साथै देशको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको जनाएको छ ।

चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयले प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij