२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित

नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित

  • मंगलबार, बैशाख १६ २०८२

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालको कार्यसम्पादन र आर्थिक अवस्था उजागर गर्न तयार गरेको श्वेतपत्र हाललाई अनिश्चितकालका लागि स्थगित गरेको छ।

प्राविधिक कारण देखाउँदै अर्को सूचना नआउन्जेल श्वेतपत्र जारी गर्ने कार्यक्रम रोकिएको प्राधिकरणले कर्मचारीहरूलाई जानकारी गराएको छ।

कुलमान घिसिङ बर्खास्त भएपछि नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जिम्मेवारी सम्हालेका छन्। शाक्यले विभिन्न सार्वजनिक मञ्चहरूमा प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको बारम्बार उल्लेख गर्दै आएका छन्।

स्रोतका अनुसार, श्वेतपत्रमा चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख थियो। यो स्थगनले प्राधिकरणको आर्थिक संकट र व्यवस्थापनमा थप प्रश्नहरू उब्जाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij