मनोहरि तिवारी राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ३ को वडा अध्यक्ष भएर जनताको सेवा गरिसक्नुभएका तिवारी यतिबेला नेपाली काग्रेसको केन्द्रीय राजनीतिमा सकृय रहनु भएको छ । उहाँ यतिवेला नेपाली काग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागको सचिव हुनुहुन्छ । राजनीतिसँगै समाजसेवालाई पनि उहाँले सँगसँगै अघि बढाउनु भएको छ ।
यस क्रममा अहिले उहाँ नेपाल रेडक्रस सोसाईटी तारकेश्वर नगर सभापति र वचन वचत तथा ऋण सहकारी संस्था लि.को सचिव हुनुहुन्छ ।
यस अघि उहाँ नेपाली काग्रेस काठमाडौं क्षेत्र नं. ७ (ख) को प्रदेश क्षेत्रीय सभापति हुनुहुन्थ्यो ।
प्रस्तुत छ मिलनसार, इमानदार, कर्मठ एवं समाजसेवी स्वभावका नेपाली काङ्ग्रेसका युवा नेता मनोहरि तिवारीसँग समसामयिक विषयवस्तुमा गरिएको कुराकानी:
मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
देशको अवस्था अस्थिर रुपले चलिरहेको छ । प्रमुख राजनीतिक दलहरु मिलेर बनेको सरकारले आम नागरिकलाई डेलिभरी दिन नसकेको अवस्था छ । नागरिकको सरकारप्रति उदासिनता बढ्दै गएको छ ।
देशमा सरकार विरोधी भाष्य निर्माण भएका छन् । सरकारकै क्रियाकलापले जनतामा असन्तुष्टि, नैरास्यता बढेको हो । हामीले पनि राम्रो काम गर्न सरकारलाई घच्घचाई रहेको अवस्था छ ।

नेपाली कांग्रेस पनि सरकारमा सहभागी भएकाले सरकारको जसअपजसको जिम्मेवारी लिनुपर्ने भएकाले वर्तमान सरकारलाई सफल बनाउन काग्रेसका तर्फबाट पनि राम्रो काम गर्न सरकारलाई दबाब दिनुपर्छ ।
यति बेलाको राजावादीको सक्रियतालाई कसरी लिनु भएको छ ?
अहिले सरकारप्रति पनि जनतामा असन्तुष्टि बढ्दै गएको छ । देश विकास प्रभावकारी हुन सकेको छैन । गरिब जनता आज खाएँ भोली के खाउँको अवस्थामा छन् । त्यसैले गणतन्त्रवादीले जनचाहाना अनुसार काम गर्न नसकेको मौका छोपेर राजावादीहरु सव्रिmय भएका छन कि जस्तो लाग्छ ।
देशव्यापी रुपमा बढ्दै गइरहेको भ्रष्टाचार बारे के भन्नु हुन्छ ?
देशभर भ्रष्टाचार मौलाइरहेको हामीले पनि स्वीकार गर्नुपर्छ । भ्रष्टाचारकै कारण वर्तमान व्यवस्था (गणतन्त्र) वद्नाम भएको हो । जनतामा असन्तुष्टी बढ्दै गएको हो । यदि साँच्चै राजनीतिक दलहरु जिम्मेवार हुने हो भने पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । देश विकासमा सक्रिय हुनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख नेताहरु आफैं सक्रिय हुनुपर्ने अवस्था छ । भ्रष्टाचार माथि देखि तलसम्म मौलाइरहेको छ । जनता भ्रष्टाचारकै कारण नेताहरुलाई खबरदारी गरिरहेका छन् ।
देश भित्र रहेको महँगी बारे कस्तो टिप्पणी गर्नुहुन्छ ?
महँगी सरकारी नियन्त्रण बाहिर छ । देशको कृषि काम गर्ने युवाहरु विदेशिएको अवस्था छ । कृषिमा काम गर्ने जनशक्ति नभएपछि देशमा कृषि उत्पादन भएन । त्यसकारण विदेशबाट नून, तेल, चामललगायतका बस्तु आयात गर्नु पर्ने अवस्था छ । विदेशबाट ल्याउनु पर्दा महँगी बढ्नु स्वभाविकै हो । त्यसमाथि महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र पनि मुकदर्शक भएको देखिन्छ ।
नेपाली कांग्रेस देशको पहिलो पार्टी भएकाले र सरकारमा समेत रहेकाले महँगी नियन्त्रण गर्न के गर्नुपर्छ त्यसतर्फ वेलैमा कदम चाल्नु पर्ने समय आएको छ । त्यसैले मुलुकको समृद्धिका लागि आम नागरिकलाई उत्पादनमा जोड्न सकिएन भने महँगीले देशको परिस्थिति झन भयावह हुने अवस्था छ ।
नेपालमा किन विकास भइरहेको छैन ?
वास्तवमा गणतन्त्र आएपछि देश विकास भइरहेकै छ । तर सोचे अनुरुप भएन विकासले गति लिन सकेन । ठुला आयोजना, राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न हुन नसक्नु, सरकारी अनुगमन फितलो हुनु, निर्माण सम्पन्न भएका आयोजनाहरुको गुणस्तर पनि मापदण्ड अनुरुप नहुनु जस्ता विविध कारणले देश विकास नभएको अनुभुति हुन्छ ।
अबको राजनीतिक निकास भनेको जनचाहाना अनुसारको समाधान हो । देश विकासलाई पहिलो सर्तमा राखेर हामी सबै एकताबद्ध हुने बेला आएको छ । देश विकास भ्रष्टाचार नियन्त्रण, सरकारी काम पारदर्शि र छिटो छरितो, राजनीतिक मेलमिलाप जस्ता विषय अहिलेको निकास हो ।
प्रमुख दलका गतिविधि देखि तपाईलाई चित्तबुझेको छ ?
प्रमुख दलहरुले आम नागरिकलाई भने अनुसार माया गरेको भए, स्वदेशमै रोजगारीको अवसर दिएको भए, विकास निर्माण आम नागरिकले सोचे अनुसार गरेको भए आज गणतन्त्र हाइहाईको अवस्थामा रहिरहन्थ्यो, आज गणतन्त्र प्रति कुनै पनि मुल्यमा प्रश्न उठाउन पाउने थिएनन् ।
नेपालमा किन राजनीतिक अस्थिरता भइरहन्छ ?
देशमा बेरोजगारी बढ्दै जानु, सरकारले रोजगारीको अवसर सृजना गर्न नसक्नु सरकार परिवर्तन भइरहनु जस्ता कारणले देशमा अस्थिरता भएको हो ।
वर्तमान अवस्थामा प्रमुख राजनीतिक दलहरुले पहिले आम नागरिकलाई चित्तबुझ्दो सेवा दिन सकेनन् भने वर्तमान अवस्थाप्रति प्रश्न उठाउनेहरु हौसिने अवस्था आउन सक्छ
अब निकास के त ?
अबको राजनीतिक निकास भनेको जनचाहाना अनुसारको समाधान हो । देश विकासलाई पहिलो सर्तमा राखेर हामी सबै एकताबद्ध हुने बेला आएको छ । देश विकास भ्रष्टाचार नियन्त्रण, सरकारी काम पारदर्शि र छिटो छरितो, राजनीतिक मेलमिलाप जस्ता विषय अहिलेको निकास हो ।
अन्तमा तपाईको सन्देश ?
अब गणतन्त्रवादीहरु एकताबद्ध हुने बेला आएको छ । गणतन्त्रको विरोधी भाष्य निर्माण गर्न खोजिंदैछ । यो मुलुकको लागि दुर्भाग्य हो ।
त्यसैले वर्तमान अवस्थामा प्रमुख राजनीतिक दलहरुले पहिले आम नागरिकलाई चित्तबुझ्दो सेवा दिन सकेनन् भने वर्तमान अवस्थाप्रति प्रश्न उठाउनेहरु हौसिने अवस्था आउन सक्छ । त्यसैले गणतन्त्रको अनुभुति दिलाउन देशमा अझ विकास हुनुपर्छ, दलहरुमा अझ बढि मेलमिलाप हुनुपर्छ, देशमा अझ बढी रोजगारीको अवसर सृजना गर्नुपर्छ ।
यी कुराहरुमा प्रमुख दलहरु इमान्दार भएर प्रस्तुत हुन जरुरी छ । त्यसैले देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रमुख नेताहरु जिम्मेवार हुन जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij