२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध

तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध

  • शनिबार, चैत्र १६ २०८१

ढोरपाटन (बागलुङ), १६ चैतः बस्ती संरक्षणका लागि बागलुङका १३ स्थानमा तटबन्ध गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तटबन्ध गर्न थालिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत जिल्लाको गलकोट, बागलुङ, ढोरपाटन, बडिगाड र बरेङसहितका पालिकाका विभिन्न स्थानमा तटबन्धको काम भइरहेको छ । तीमध्ये हालसम्म सात योजना सकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

हालसम्म गलकोट नगरपालिका–५ स्थित खहरेखोला, वडा नं ९ स्थित दरमखोला, वडा नं ३ स्थित गौदीखोला, हटिया, वडा नं १ स्थित दूधिलाभाटी र बागलुङ नगरपालिका–३ स्थित ढोण पिपलबाटोमा काम सम्पन्न भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बडिगाडखोला, नरेठाँटी दोभान, खाल बजार, दोगाडी, पाँचमुरे र काठेखोलामा काम सुरु भएको छ । सबै योजना असार मसान्तभित्रै सक्ने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लाभर रु एक करोड ६० लाखमा तटबन्ध तथा बस्ती संरक्षणको काम भइरहेको उहाँ बताउनुहुन्छ ।

प्रमुख पौडेलले भन्नुभयो,“यस वर्ष प्रदेश सरकारबाट नीति तथा कार्यक्रममा समावेश भएका योजना कार्यान्वयनको चरणमा छन्, अधिकांश योजना सम्पन्न भइसकेका छन्, केही सकिने अवस्थामा छन्, भने केही साना योजना सम्झौता गरेर काम सुरु हुने चरणमा छन्, हामीहरुले समयमै सबै योजना सक्ने गरी कामको गतिलाई तीव्र बनाएका छौँ ।”

गलकोट–३ का स्थानीय कुलबहादुर खत्रीले दरमखोलामा तटबन्ध भएपछि बर्खामा खोला बस्तीमा पस्ने जोखिम कम भएको बताउनुभयो । खोला किनारमा बाक्लो बस्ती रहेको तर अहिलेसम्म तटबन्ध नहुँदा दरमखोला तटका स्थानीय त्रासमा बस्नु परेको भन्दै अब बाढी पस्ने सम्भावना कम भएको उहाँले सुनाउनुभयो ।  दरमखोलाको धेरै क्षेत्रमा अझै तटबन्ध गर्न आवश्यक रहेको खत्रीको भनाइ छ ।

“हिउँदको समयमा खोलामा पानीको सहत घट्छ, जब बर्खा लाग्छ, तब सानो खोला पनि उर्लिएर माथि आउँछ, यसले गर्दा खोला नजिकका बस्ती जोखिममा छन्”, उहाँले भन्नुभयो, “अहिले केही ठाउँमा भए पनि तटबन्ध भयो, सरकारले आगामी वर्षमा अन्य ठाउँमा पनि तटबन्ध गर्न बजेट विनियोजन ग¥यो भने बस्ती संरक्षण गर्न सजिलो हुने थियो ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij